Websoft University

www.radiomakalu.com || 021-522512


अविश्वास प्रस्तावमा साथ दिने निर्णय गरेको संघीय गठबन्धनद्धारा थप आन्दोलनका कार्यक्रम घोषणा

केपी ओली नेतृत्वको सरकार विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको गठबन्धनको बैठकले साउन ५ देखि भदौ २८ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
sanghiya-alliance-meeting


संविधानप्रति असहमति जनाउँदै गत जेठदेखि राजधानी केन्द्रित गरेको गठबन्धनको पहिलो चरणको आन्दोलन सकिएपछि दो्रस्रो चरणको शान्तिपूर्ण आन्दोलन सार्वजनिक गरेको हो । साउन ५ देखि भदौ २८ गतेसम्म गर्ने भनिएका सबै विरोधका कार्यक्रम अन्तरक्रिायत्मक रहेको गठबन्धनका नेता शरदसिंह भण्डारीले बताउनुभयो ।


गठबन्धनको बैठकले वर्तमान सरकार विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपनि तत्काल सरकारमा भने सहभागी नहुने निर्णय गरेको छ । गठबन्धनले उठाउँदै आएको २६ बुँदे मागका विषयमा कांग्रेस–माओवादी गठबन्धनले निश्चित समयावधी तोकेर पूरा गर्ने लिखित प्रतिबद्धता जनाए प्रधानमन्त्री निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget