
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की माथिको महाअभियोगबारे नमुना संसदमा मंगलबार छलफल भएको छ।
काठमाडौं उपत्यकाका कानुन विषय पढाई हुने ४ क्याम्पसका विद्यार्थीको सहभागितामा आयोजित नमुना संसदमा कार्कीमाथिको महाअभियोगमाथि छलफल भइरहेको छ। 'फ्रिलान्स युथ मुभमेन्ट'को संयोजनमा भएको नमुना संसदमा दुई सय विद्यार्थी सांसदका रुपमा सहभागी रहेको अभियन्ता विदुषी ढुंगेलले जानकारी दिइन्।
उनका अनुसार शुक्रबारको संसदमा मतदान भइ महाअभियोग पारित हुनेछ।- सेतोपाटीबाट
Post a Comment