Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल ‘क्रिकेटको मक्का’ लर्ड्समा ओर्लिँदै, खेल केहिबेरमा खेल सुरू हुँदै (LIVE)



बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली केहिबेरमा क्रिकेटको मक्का भनेर चिनिने ‘लर्ड्स क्रिकेट मैदान’ मा उत्रिँदैछ।

नेपाल–बेलायत दौत्यसम्बन्ध स्थापनाको २ सय वर्ष पुगेको वर्षगाँठमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग एकदिवसिय खेल खेल्न लागेको हो। लडर्स क्रिकेट मैदान एमसिसीको घरेलु मैदान हो।नेपालले स्थानीय समयअनुसार १०:३० बजे एमसिसीसँग खेल्नेछ।

नेपाल बेलायत दौत्य सम्बन्ध स्थापना भएको दुई सयौं वर्षगाँठको उपलक्ष्यमा यो खेल आयोजना गरिएको हो।

नेपाली टोली पारस खड्काको नेतृत्वमा र एमसीसी केथ डचको नेतृत्वमा मैदानमा उत्रिनेछन्।

यो खेललाई साउन अन्तिममा नेदरल्याण्ड्समा हुने विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीको रुपमा पनि लिइएको नेपाली प्रशिक्षक जगत टमाटाले बताएका छन्।

लिगमा नेपाल र नेदरल्याण्ड्सबीचको खेल साउन २९ र ३१ मा हुँदैछ।

नेपाली टोलीले यसअघि बेलायतमा भएका चार अभ्यास खेलमा जित हात पारेको छ।

त्यसमा नेपालले सबै खेलमा विजय नतिजा निकालेको छ। पहिलो खेलमाफ्री फोरेस्टरसँग एकदिवसीय खेल्दा नेपालले १ सय २९ रनको जित निकालेको थियो।

दोस्रो खेल इन्डियन जिमखानाविरुद्ध ट्वान्टी–२० खेल्यो। त्यसमा नेपाल २० रनले विजयी भयो। तेस्रो खेलमा स्थानीय क्रिकेट कन्फ्रेन्स क्लबसँग एकदिवसीय खेल्दा त्यसमा नेपाल४ विकेटको विजयी भएको थियो। अन्तिम अभ्यास खेलमा नेपालले १ सय ८१रनको जित निकालेको छ। एकदिवसिय खेलमा नेपालले इस्टबर्न क्रिकेट क्लबलाई पराजित गरेको हो।

लाईभ भिडियो यहाँ हेर्नुहोस्
सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget