Websoft University

www.radiomakalu.com || 021-522512


सत्ताको आयु नलम्ब्याउन प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह



नेपाली कांग्रेसले संविधानको धारा २ सय ९८ को गलत व्याख्या गरेर सत्ताको आयु लम्ब्याउने कल्पना नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको मंगलबार पार्टी मुख्यालयमा बसेको बैठकले धारा २ सय ९८ ले नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको निष्कर्षसहित प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव पारित भएपछि पनि सत्तामा बसिरहने कल्पना नगर्न आग्रह गरेको हो।

कांग्रेसले संविधानमा अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्री पदमुक्त हुने व्यवस्थाले नै नयाँ सरकार गठन गर्ने बाटो सुनिश्चित गरेको भन्दै आफूअनुकुल संविधानको व्याख्या नगर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ। बैठकले संविधानको गलत व्याख्या गरेर सत्ताको आयु लम्ब्याउने सपना देख्नुको साटो संसदीय व्यवस्थामा सरकार परिवर्तनलाई सहजरुपमा लिन आग्रह गरेको केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए।

प्रधानमन्त्री ओलीले सोमबार साँझ अविश्वासको प्रस्ताव दर्ता गराएका काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटारस्थित निवासमा बोलाएर अविश्वासको प्रस्ताव पारित भए पनि संविधानले नयाँ सरकार गठनको व्यवस्था नगरेको भन्दै संघीय संसद्को निर्वाचन नभएसम्म आफू सत्तामा बहाल रहने बताएका थिए।

काँग्रेसका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री ओलीले गरेको संविधानको व्याख्याप्रति आपत्ति जनाए। उनीहरुले नयाँ सरकार गठनबारे संविधानमा कुनै अस्पष्टता नरहेको भन्दै अल्पमतमा परेको अवस्थामा प्रधानमन्त्रीले संविधानको जथाभावी व्याख्या गरेर सत्ताप्रति आसक्ति देखाउनु चिन्ताजनक भएको बताए।

केन्द्रीय सदस्यहरुले प्रधानमन्त्रीमा कुर्सी मोह देखिएपनि संविधानको कार्यान्वयनका लागि सहमतिको आवश्यकता रहेको भन्दै एमालेसहितका दलहरुसँग सहमतिका लागि पहल गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण समेत गराए।

केन्द्रीय सदस्यहरुले एमालेलाई विच्क्याएर संविधान कार्यान्वयन हुन नसक्ने र संविधान कार्यान्वयन हुन नसकेको अवस्थामा सरकार परिवर्तन गर्नुको औचित्य पुष्टि नहुनेतर्फ पनि नेतृत्वको ध्यानाकर्षण गराएको नेतृ सुजाता कोइरालाले जानकारी दिए।- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget