Websoft University

www.radiomakalu.com || 021-522512


ज्येष्ठ नागरिकलाई बचाउन सम्मान: प्रधानमन्त्री

काठमाडौँ, असार २ गते ।  प्रधानमन्त्री केपी ओलीले ज्येष्ठ नागरिकको सम्मानका लागि उनीहरूलाई दिइने सामाजिक सुरक्षा भत्ता सरकारले दोब्बर बनाएको बताएका छन्।



अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठान र एमाले काठमाडौंले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने, 'सम्मान त एक थुंगा फूल दिएर पनि हुन्छ, एउटा खादा लगाइदिएर पनि हुन्छ तर त्यसले पर्याप्त बाँच्ने आधार हुँदैन।बाँच्ने आधार होस् भनेर सम्मान गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता दोब्बर वृद्धि गरेको हो।'



सामाजिक सुरक्षा भत्ता बढाउँदा राष्ट्रको ढुकुटी रित्तिन्छ भनी गरिएको प्रचार गलत भएको उनले बताए।'हामीले हिसाब गरेर भत्ता बढाएका छौं।यसबाट राष्ट्रको ढुकुटी रित्तिँदैन', प्रधानमन्त्रीले भने।कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आफूले सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएका कारण आलोचना खेप्नुपरेको स्मरण गरे।

बजेट वितरणमुखी भयो भनी गरिएको टिप्पणीको प्रतिवाद गर्दै उनले कुनचाहिँ शीर्षक वितरणमुखी भयो, त्यो सार्वजनिक गर्न आग्रह गरे।वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले सामाजिक सुरक्षा भत्ता दोब्बर गरेकोमा सरकारलाई धन्यवाद दिँदै राष्ट्रिय ढुकुटीबाट नभई अन्यत्रैबाट ज्येष्ठ नागरिक कर लगाएर यसको व्यवस्था गर्न आग्रह गरे।

राष्ट्रकवि माधव घिमिरेले पनि सामाजिक सुरक्षा भत्ता दोब्बर बनाएकोमा सरकारलाई धन्यवाद दिँदै हृदय पाग्लने काममा लाग्न युवालाई आग्रह गरे।ज्येष्ठ नागरिक आन्दोलनकी अगुवा शान्ता भट्टराईले आफूहरूले चार वर्षदेखि सञ्चालन गर्दै आएको आन्दोलनको माग वर्तमान सरकारले पूरा गरेको भन्दै धन्यवाद दिएकी थिइन्।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget