Websoft University

www.radiomakalu.com || 021-522512


अंक बाँडे स्विट्जरल्यान्ड र रोमानियाले

पेरिस, असार २ गते ।  युरोकप फुटबल प्रतियोगिताको बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा स्विट्जरल्यान्ड र रोमानियाले १—१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 



समूह 'ए' अन्तर्गतको उक्त खेलको प्रारम्भमै अग्रता लिएर पनि रोमानियाले त्यसलाई जोगाउन सकेन । खेल सुरु भएको १८ औं मिनेटमा बगदान स्टान्कुले रोमानियालाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । उनले जारी प्रतियोगितामा पेनाल्टीको सदुपयोग गरेको यो दोस्रोपटक हो ।



स्विट्जरल्यान्डका कप्तान स्टेफनले अलेज्यान्द्रु चिपसिउलाई जर्सीमा समाएर लडाएपछि रोमानियाले पेनाल्टी प्रहारको अवसर पाएको थियो । बगदानले गरेको सोही गोलका कारण रोमानिया पहिलो हाफमा अगाडि रह्यो । तर ५७ औं मिनेटमा स्विट्जरल्यान्डका एडमिर मेहमेदीले आकर्षक गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बराबरीको नतिजाले स्विट्जरल्यान्डलाई केही राहत दिए पनि रोमानियालाई भने अघिल्लो चरणमा पुग्ने अभियानमा ठुलै धक्का लागेको छ । दुई खेल खेलेको स्विट्जरल्यान्ड चार अंकसहित तालिकाको पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको आयोजक फ्रान्सले एक खेलबाट तीन अंक जोडेको छ । तेस्रो स्थानमा आसिन रोमानियाको भने दुई खेलबाट एक अंक छ । एक खेलमात्र खेलेको अल्बानियाले खाता खोल्न सकेको छैन । एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget