Websoft University

www.radiomakalu.com || 021-522512


क्षेत्रिय क्रिकेटको उपाधी दमकलाई

बैगुन्धुरा, असार २ गते।  झापाको बैगुन्धुरामा सञ्चालित क्षेत्रिय क्रिकेट प्रतियोगिताको उपाधी बीसीसी क्लव दमकले जितेको छ । नेपाल तरुण दल बैगुन्धुरा गाऊँ समितिको आयोजनामा सम्पन्न प्रतियोगिताको सोमबार सम्पन्न फाइनलमा आयोजक बैगुन्धुरा ‘ए‘ लाई २४ रनले हराउदै दमकले उपाधी उचालेको हो ।




 टस जितेर बैगुन्धुराले फिल्डिङ्ग रोजेपति ब्याटिङ्ग गरेको दमकले निर्धारित २० ओभरमा १ सय ४ रन बनाएको थियो । १ सय ५ रनको लक्ष्य लिएर मैदान उत्रिएको बैगुन्धुरा १९ ओभर १ बल खेल्दै ८० रनमा समेटिएको हो ।


जितसँगै दमकले २५ हजार नगद सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको बैगुन्धराले १५ हजारमा चित्त बुझाएको छ । विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथी झापा क्षेत्र नं.२ का सांसद सुधिर कुमार सिवाकोटीले पुरस्कार प्रदान गर्नुभएको थियो । असार २० गते देखी सञ्चालन भएको प्रतियोगितामा १६ टिम सहभागी रहेको खेल आयोजक समितिका सचिव दिनेश पोख्रेलले जानकारी दिएका छन ।

,

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget