Websoft University

www.radiomakalu.com || 021-522512


विराटनगरमा फोहोर व्यवस्थापनमा समस्या


विराटनगर , जेष्ठ २० गते । फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेक्केदार कम्पनीले फोहोर व्यवस्थापन सन्तोषजनक तरिकाले नगरेको विराटनगर उपमहानगरपालिकाका नगरवासीले गुनासो गरेका छन् ।

नागरिक सरोकार मञ्चका अध्यक्ष मोहन भट्टराईले विराटनगर क्षेत्रको फोहोर व्यवस्थापनमा ध्यान नपु¥याउँदा समस्या भएको बताए । उनले भने, “दुर्गन्धले धेरै ठाउँमा त नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।”

फोहोर व्यवस्थापनका लागि विराटनगर उप–महानगरपालिकाले काठमाडौंको बेस्ट मेनेजमेन्ट प्रालिलाई जिम्मा दिएको थियो । गत जेठ १ गतेदेखि सो कम्पनीले रु ११ लाख ४० हजारमा फोहोर व्यवस्थापनको जिम्मा पाएको थियो । नयाँ ठेकेदारले पुरानै शैलीमा काम सुरु गरेपछि विराटनगर क्षेत्रको फोहोर व्यवस्थापनमा थप समस्या आएको स्थानीयवासीको भनाइ छ ।

विराटनगर उप–महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि १० वटा ट्रयाक्टर, १५ वटा ट्राईसाइकलले मात्र फोहोर सङ्कलन गरिरहेकाले नगर क्षेत्र दुर्गन्धित भएको हो । विराटनगर उपमहानगरपालिकामा दैनिक ७० हजार मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । विराटनगरको गुद्री बजारमा मात्रै दैनिक २० हजार मेटिक टन फोहोर उत्पादन हुने गरेको छ ।

विराटनगर उपमहानगरपालिकाका सरसफाइ शाखाका प्रमुख हीरालाल यादवका अनुसार सरसफाइको विरुद्धमा विराटनगर उपमहानगरपालिकामा धेरै गुनासो आएपछि फोहोर व्यवस्थापन ठेकेदार कम्पनीलाई चेतावनी पत्र पठाएको जानकारी दिए । उनले भने, “भर्खरै चेतावनी पत्र पठाएको छु ।”

ठेकेदार कम्पनी बेस्ट मेनेजमेन्टका सञ्चालक केशव थापाले पुरानो ठेकेदारले फोहोर सङ्कलन नगरेकाले थुप्रै सरसफाइ गर्नुपरेकाले समस्या आएको बताए । उनले भने, “पुरानो सरसफाइ बाँकी नै छ त्यो सकेपछि फोहोर व्यवस्थापन चुस्त हुन्छ ।” ratopati.com

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget