Websoft University

www.radiomakalu.com || 021-522512


पोखरामा पण्डित सम्मेलनको तयारी

पोखरा , जेष्ठ २० गते ।  राष्ट्रिय धर्मसभा नेपाल जिल्ला समिति कास्कीले यही जेठ २८ र २९ गते पोखराको नयाँवजारस्थित प्रदर्शनी केन्द्रमा राष्ट्रिय पण्डित सम्मेलन गर्ने भएको छ । 



समितिले बुधवार पोखरामा पत्रकार सम्मेलन गरी पण्डित सम्मेलनबारे जानकारी गराएको हो । सो सम्मेलनमा देशभरका १ हजारदेखि १२ सय जना पण्डितको सहभागिता रहने सम्मेलनका संयोजक ठाकूर बरालले जानकारी दिएका छन् । 

सम्मेलनमा देशको बदलिँदो परिस्थितिमा पण्डितहरुका आचार विचारको बारेमा कार्यपत्र प्रस्तुत हुने संयोजक बरालले जानकारी दिएका छन् । राष्ट्रिय धर्मसभा नेपाल नामको संस्था गैर–राजनीतिक धार्मिक संस्था भएको दावी गर्दै आयोजकले थरी–थरीका पण्डितको जमघट गराउने बताएका छन् । 

सम्मेलनमा तन्त्र मन्त्रधारी लामा झाँक्रीदेखि भागवत वाचक र वेदका जानकार पण्डितहरुको उपस्थिति गराईने आयोजकले दावी गरेका छन् । सो अवसरमा क्षेत्रीय संयोजक कृष्णराज चापागाई, पण्डित दीपक सापकोटा, केशव भण्डारी र रामनाथ अधिकारी सँगी लगायतले आ आफ्ना भनाई राखेका थिए । .ratopati.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget