Websoft University

www.radiomakalu.com || 021-522512


नेता छान्न देशैभरका कर्मचारीले मतदान गरे


काठमाडौँ , जेष्ठ २० गते । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका लागि बुधबार देशैभर मतदान भएको छ । शाखा अधिकृत र त्यो भन्दा मुनीका ५५ हजार ३ सय २९ मतदातामाझबाट जिल्ला, विभाग र केन्द्र स्तरको नेतृत्व चयन हुँदैछ ।


प्रमुख निर्वाचन अधिकृत गिताप्रसाद तिमिल्सनाले देशैभरको १ सय २९ मतदान केन्द्रमा बिहान ९ बजेदेखि ५ बजेसम्म मतदान भएको बताए । उनले कुल मतदाताको करिब ८० प्रतिशत मत खसेको अनुमान गरे । 'देशैभर शान्तिपूर्ण ढंगले मतदान भएको छ,' उनले भने 'आजै साँझबाट मतगणना प्रारम्भ गरिएको छ ।'

कम मतदाता रहेका मन्त्रालय, संवैधानिक निकाय र विभाग स्तरको मतपरिणाम समेत आउन थालेको छ । प्रारम्भिक मत परिणाम अनुसार अख्तियार दुरुपयो अनुसन्धान आयोग, खानेपानी तथा सरसफाई मन्त्रालयमा कांग्रेस निकट र युवा तथा खेलकुद मन्त्रालय र लोकसेवा अायोगमा एमाले निकट संगठनले जित हात पारेका छन् ।

निर्वाचनमा ७ वटा कर्मचारी संगठन प्रतिस्पर्धामा उत्रिएका छन् । दलैपिच्छे ट्रेड युनियन भएपछि आधिकारिक एउटा मात्र बनाउन सरकारले नै अग्रसरता लिएर निर्वाचन गराएको हो । पहिलोपल्ट आधिकारिक ट्रेड युनियनका लागि निर्वाचन भएको हो । निर्वाचनका कारण बुधबार निजामती कर्मचारीलाई बिदा दिइएको थियो

  • कान्तिपुर समाचार बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget