Websoft University

www.radiomakalu.com || 021-522512


डन्डीफोर हटाउने ६ घरेलु उपाय

सुन्दर र चम्किलो छाला शरीरमा, अनुहारमा वा शरीरका विभिन्न ठाउँमा डण्डीफोर आउने गर्छ । डण्डीफोर आउने कारण थाहा पाइसकेपछि यसको उपचारका लागि सजिलो हुन्छ । १२, १३ वर्षदेखि ३०, ३५ वर्षसम्म उमेरमा कुनै पनि बेला धेरै किसिमका डण्डीफोर आउने गर्छ ।




यो उमेरका वृद्धिसंगै हर्मोन एडर्नल ग्ल्याण्ड्समा हुने हर्मोनका कारण आयल ग्ल्याण्ड्स लाई स्टीमुलेट गरेपछि यस्तो परिवर्तन आउँछ । यसलाई विभिन्न उपायबाट कम गराउँन सकिन्छ ।

धेरै युवायुवती डन्डीफोरको समस्याले पीडित हुने गरेका छन्। डन्डीफोर छालामा हुने एक प्रकारको रोग हो भन्ने कुरा नबुझ्दा र डन्डीफोर निको पार्ने भन्दै विभिन्न घरेलु उपाय अपनाउँदा धेरैले अनुहारको सुन्दरता गुमाउँछन्।

मानिसको शरीरमा हुने रौँको फेदमा स–साना प्वाल हुन्छन्। रौँको जरामा जोडिएर बसेको एक प्रकारको ग्ल्यान्ड हुन्छ। यो ग्ल्यान्डले छालालाई चिल्लो बनाउने विशेष प्रकारको रस उत्पादन गर्छ। जुन बेला रौँको जरामा रहेको प्वाल बन्द हुन्छ, त्यस्तो बेलामा छालालाई चिल्लो बनाउने रस बाहिर निस्कन पाउँदैन। यो छालाभित्रै जम्छ। यसरी जमेको अवस्था नै डन्डीफोर अर्थात् पिम्पल्सको अवस्था हो।

डन्डीफोरका चारवटा तह हुन्छन्। स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म यसको वर्गीकरण गरेको छ। डन्डीफोरको पहिलो चरण ।।।ब्ल्याक हेडु हो। काला स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ। चौथो चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ। डन्डीफोर आइसकेपछि त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि पुर्यानउँछ।

अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन्। कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन। तर, अनुहारमा डन्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको पिरलो बन्ने गरेको छ।

डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो। यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ। जीवनशैलीमा ध्यान दिनुपर्छ। धेरै चिल्लो खानु हुँदैन। चकलेट धेरै खानेहरूलाई पनि डन्डीफोरको समस्या देखिन सक्छ। डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ। कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन।

अनुहारको चिल्लो हटाउन क्लिन्जिङ गर्नुपर्छ। दिनमा तीनचारपटक मुख धुनुपर्छ। छालालाई सुक्खा बनाउने क्रिम लगाउनुपर्छ। डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम लगाउने र औषधि खानुपर्ने पनि हुन्छ।

डन्डीफोरले बिगारिसकेको अनुहारको छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन्। यसका लागि लेजर थेरापी गर्नुपर्छ। डन्डीफोरका कारण दाग बसेको छालालाई मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ।

यो विधिमा दाग बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना गरिन्छ। यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन।

केही कम गर्न सकिन्छ। डन्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने समस्याबाट बच्न सकिन्छ।
डन्डीफोर हटाउने ६ घरेलु उपाय

सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।

मह
मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारमा भएका दाग र डन्डीफोर लाई हटाइ छाला नरम बनाउँछ। डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।

केरा
केराले डन्डीफोरको समस्या हटाउन धेरै नै मद्दत गर्छ। महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ । दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

बाफ लिने
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ ।

पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।

स्ट्रवेरिज
स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ । स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुनेको साथसाथै डण्डीफोर पनि हराउदै जनचा । यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget