Websoft University

www.radiomakalu.com || 021-522512


गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम (फोटो फिचर)


काठमाडौँ, जेष्ठ १५ गते । नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको उपलक्ष्यमा शनिबार विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाई्रदैछ ।

गणतन्त्र संस्थागत भएको नौ वर्ष पुगेको अवसरमा सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधामन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, कार्यबाहक प्रधानन्यायाधीस सुशीला कार्की, सरकारी कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरु पनि कार्यक्रममा सहभागी छन् ।

जनआन्दोलन २०६२र६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

राष्ट्रपतिले नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार नै राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गरेकी छिन् ।
त्यस्तै दिवसकै अवसरमा विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।









  • अन्नपुर्ण पोस्ट बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget