Websoft University

www.radiomakalu.com || 021-522512


अवस्था अझै अज्ञात

बारा, जेष्ठ १५ गते । अपहरणमा परेका यहांका उद्योगी सुरेश केडियाको अवस्था अज्ञात छ । परिवारिक स्रोत अनुसार अहिलेसम्म अपहरणकारीबाट कुनै माग आएको छैन् । बाराका प्रहरी नायव उपरीक्षक विनोद शर्माको टोली उनको खोजीमा भारततर्फ गएको छ । यहाँ रहेको भारतीय महावाणिज्य दूतावास मार्फत खोजबिनमा सहयोग गरिदिन पहल गरिएको छ । करिब ३ वर्षयता हत्या, अपहरणबाट मुक्त बनेका यहांका उद्योगी व्यवसायी पछिल्लो घटनाले पुन त्रसित बनेका छन् । 



बिहीबार साँझ व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट अपहरणमा परेका थिए । उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए । हतियारधारी समूहले केडियालाई भारतीय नम्बरको सेतो गाडीमा राखेर हुँइकिएको प्रत्यक्षदर्शीले बताएका छन् । अनुहारमा गोली अड्किएका चालकको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि भारतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 
 

गोली चलाइएको स्थानबाट भारतीय सीमा १४ किलोमिटरको दूरिमा छ । 'त्यहाँबाट भारत प्रवेश गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका २ वटा चौकी पार गर्नुपर्ने हुन्छ,' बाराका भैयाराम साहले भने, 'सुरक्षाकर्मीले चेकजाँचमा लापरवाही नगरेको भए भारतीय गाडी सजिलै सिमाना कटने थिएन् ।' तेलकुवा र कबही गोठमा सशस्त्र प्रहरीको बोर्डर आउट रिच पोस्ट र प्रहरीको चौकी छ । 'नाकामा खटिएका सुरक्षाकर्मीको मूख्य जिम्मेवारी खनतलासी गर्नु हो,' उनले भने, अपहरित व्यक्ति र हतियार सहित अपहरणकारी भारतीय गाडीमा सजिलै भारत गएको देखिएको छ ।'

बाराका एसपी नरेन्द्र उप्रेतीले सुरक्षा चेकजाँचमा देखिएको लापरवाही बारे टिप्पणी गर्न चाहेनन् । सीमावर्ती विहारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल सत्तामा फर्किए लग्ात्तै हत्या, अपहरण र फिरौती सुरु भएका छन् । इन्जीनियर, ठेकेदार, व्यापारी अपराधीको निसानामा परेका छन् । स्रोतका अनुसार विहारमा सजिलै अपराध बढ्न थालेपछि उताका अपराधीले आर्थिक नगरीका उद्योगी व्यवसायीलाई टार्गेट गरेका हुन् । खुल्ला सिमाना र सुरक्षाकर्मीको लापरवाहीको फाइदा उठाएर त्रास कायम गराउन सफल देखिएका छन् । 'डर, त्रास र भय मुक्त वातावरणमा जीवनयापन गरिरहेका थियौँ,' वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने, 'गोली प्रहार र अपहरणले पुन आंतकित पारेको छ ।'

पछिल्लो केही वर्षयता सुरक्षित अनुभव गरेका उद्योगी व्यापारीले नीजि सुरक्षा गार्ड -पिएसओ) समेत फिर्ता गरेका थिए । 'विहान र साँझ घरबाहिर हिँडडुल गर्न थालेका थियौ,' नाम उल्लेख नगर्ने शर्तमा एक उद्योगीले भने, 'मोबाइलमा सेभ नभएका नम्बर पनि निर्धक्क उठाउथ्यौं ।' बिहीबार साँझको अपहरण र गोली काण्डले जनजीवन पुन आतंकित बनाएको उनले बताए । भारतीय समकक्षीसँग समन्वय गरी केडियाको अवस्था बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । पर्साका एसपी राजुबाबु श्रेष्ठले भारतीय समकक्षीसँग समन्वय गरी अपहरित उद्योगीको सकुशल उद्धारमा सक्रिय रहेको बताए । 'भारतीय प्रहरीले सहयोग गरे नतिजा सकारात्मक आउने सम्भावना छ,' कान्तिपुरसँग एसपी श्रेष्ठले भने ।

प्रहरीको बिरोध
प्रत्यक्षदर्शीका अनुसार पश्चिमबाट हुँइकिएर आएको सेतो रंगको स्कोर्पियोले बाख्रा, मोटरसाइकल र इनर्वा चोकमा पार्किङ गरिएका बसलाई ठक्कर दिदैँ दक्षिण तर्फ भागेको थियो । सर्वसाधारणले स्थानीय सशस्त्र र नेपाल प्रहरीका चौकीमा उक्त गाडीबारे खबर गरेका थिए । जानकारीपछि प्रहरी परिचालन भएको थियो ।

तर गाडी तीब्र गतिमा रहेकाले कसैले रोक्ने आँट गरेनन् । सर्वसाधारणले गाडीमा ढुंगामुढा गरेका थिए । कसैको केही लागेन । घटना भएको आधा घण्टापछि प्रहरी घटनास्थल पुग्यो । प्रहरीले नसघाएको भन्दै आक्रोसित सर्वसाधारणले शुक्रवार विहानदेखि तेलकुवा प्रहरी चौकी घेराउ गरेका थिए । बाटो अवरुद्ध गरे । 'अपहरित सकुशल फिर्ता नआएसम्म सुरक्षाकर्मी विरुद्ध संघर्ष गर्छौ,' स्थानीय परमात्मा साहले भने,' सर्वसाधारणको जानकारीको विश्वासमा प्रहरीले थोरै आँट र सहयोग गरेको भए अपहरणकारी उम्किने थिएन ।' अपहरणकारीले प्रयोग गरेको गाडी कुन नाकाबाट भित्रिएको हो भन्ने अभिलेख भेट्दैनन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget