Websoft University

www.radiomakalu.com || 021-522512


५ हजार डाक्टरको लाइसेन्स आज सरकारलाई बुझाइँदै



काठमाडौं , भदौ १७ गते । नेपाल चिकित्सक संघले आज ५ हजार भन्दा बढी डाक्टरको नेपाल मेडिकल काउन्सिल प्रमाण पत्र (लाइसेन्स) सरकारलाई बुझाउने भएको छ। संघले आज काउन्सिलमा लगेर डाक्टरहरुको लाइसेन्स बुझाउने भएको हो।

डाक्टरले लाइसेन्स बुझाएपछि बिरामी जाँच गर्न पाउँदैनन्। संघले देशभरका १६ शाखाबाट ५ हजार भन्दा बढी लाइसेन्स संकलन गरेको थियो। संकलन भएका सबै लाइसेन्स काउन्सिलमा बुझाउने निर्णय भएको संघका महासचिव डा लोचन कार्कीले जानकारी दिए।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै विरोधमा उत्रेको संघले सरकारलाई दवाव दिन लाइसेन्स बुझाउने निर्णय गरेको हो। काउन्सिलको तथ्यांक अनुसार नेपालमा २२ हजार डाक्टरले लाइसेन्स लिएका छन्।
- स्वास्थ्य खबर पत्रिकाबाट
 


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget