Websoft University

www.radiomakalu.com || 021-522512


मुलुकी ऐन खारेजीको माग गर्दै चिकित्सकहरुद्वारा माइतिघर मण्डलामा प्रदर्शन



काठमाडौं– डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आज काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका छन्।

मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्।

बिहान १० बजेदेखि प्लेकार्ड तथा ब्यानरसहित विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मिलित र्याली अहिले माइतिघरबाट नयाँबानेश्वरतर्फ मोडिएको छ।

आजै चिकित्सक संघले ५ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाउने बताएको छ। संहिताको खारेजीको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालय अगाडिसमेत चिकित्सकहरु प्रदर्शन गर्दैछन्।

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा समेत ठप्प पारिएको छ। - स्वास्थ्य खबर पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget