Websoft University

www.radiomakalu.com || 021-522512


प्रतिपक्षबिनाको सदन हुँदैन– उपनेता गच्छदार

 नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रतिपक्षबिनाको संसद् हुन नसक्ने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले समर्थन गर्न नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारले अगाडि सार्ने आर्थिक समृद्धिको कार्ययोजनामा आफ्नो पार्टीले पूर्णरुपमा सहयोग र समर्थन गर्ने स्पष्ट पार्दै सदन प्रतिपक्षबिहीन रहन नसक्ने बताउनुभयो ।

सरकारले अगाडि सार्ने काम कारबाही हेरेर आफ्नो पार्टीले सहयोग, समर्थन एवं आलोचना र विरोध गर्ने भन्दै उहाँले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । संविधानले प्रत्याभूत गरेका र प्रजातान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि काम हुन नहुने भन्दै उहाँले आफ्नो पार्टीले सदनमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपनेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम हुँदै गएको, संविधानले नेपाली जनतालाई अधिकार सम्पन्न बनाएको स्मरण गर्नुभयो । उहाँले मधेशी, जनजाति, आदिवासी, महिलालाई अधिकार सम्पन्न बनाएको र स्थानीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर संविधान कार्यान्वयनमा आएकामा खुशी व्यक्त गर्नुभयो

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget