Websoft University

www.radiomakalu.com || 021-522512


गगन थापाको संसद्‍मा चेतावनी- 'प्रधानमन्त्रीको दिनगन्ती सुरु भयो'

काठमाडौँ — कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको दिनगन्ती आजबाट सुरु भएको चेतावनी दिएका छन् । चुनावमा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका कतिपय महात्त्वाकांक्षी योजनाहरु पढेर सुनाउँदै थापाले भने, ‘आजबाट दिनगन्ती सुरु भएको छ । नो इफ नो बट । आजबाट हामी प्रतिपक्षमा बसेर हिसाबकिताब लिन्छौं । उधारो होइन, नगदमा खनखनी ।’


प्रधानमन्त्री केपी ओली मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहमदको प्रशंसक रहेको सुनाउँदै भने, ‘सत्तापक्षको बहुमत हुँदाहुँदै किन दुईतिहाइ चाहियो ? यो दिव्यशक्तिको कारण र नियत के हो ?’ प्रधानमन्त्री चाहिनेभन्दा बढी बलियो बनाउन चाहेर सत्तापक्षले आशंका जन्माएको थापाको भनाइ थियो ।

कांग्रेस नेतृ पुष्पा भूसालले संसद्‍बाट सरकार निर्माण नगरी प्रधानमन्त्रीले शपथ लिन हतार गरेको, राष्ट्रिय सभामा पूर्ववर्ती सरकारले गरेको सिफारिस फिर्ता गरेर प्रधानमन्त्रीले सिस्टम बिगारेको आरोप लगाइन् ।

कांग्रेसकै अतहर कमाल मुसलमानले गठबन्धन सरकारका कतिपय निर्णयहरु शंकास्पद रहेको भन्दै तत्काल समर्थन गर्न नसकिने धारणा राखे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget