Websoft University

www.radiomakalu.com || 021-522512


सिरियाको गुटामा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो,



सिरिया / सिरियाको पूर्वी गुटामा गत २० दिनयता जाारी रहेको हवाई कारबाहीमा परी एक हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका छन् । विद्रोहीले नियन्त्रणमा लिएको भनिएका सहरमध्येको सबैभन्दा ठूलो सहर पूर्वीगुटामा सरकारी सुरक्षाकर्मीले विद्रोही विरुद्ध रक्षात्मक आक्रमण गरेका थिए । सरकारी सुरक्षा फौज सेनाको सहयोगका लागि गठन भएको यहाँको अर्धसैनिक बलले गत फेब्रुअरी १८ देखि पूर्वी गुटामा सैन्य अभियान चलाएका थिए ।

शनिबार मात्रै डौमामा कम्तीमा २० जना मारिएका छन् । मारिनेमध्ये चारजना बालबालिका पनि रहेका छन् । त्यसैगरी अर्को ठाउँमा अरु १७ जना मारिएको पनि अनुगमनकर्ताले जनाएका छन् । पूर्वीगुटा क्षेत्रमा अहिलेसम्म मारिनेको संख्या एक हजार ३१ पुगेको छ । मारिनेमध्ये २१९ जना बालबालिका रहेका छन् । आक्रमणमा परी चार हजार ३४० भन्दाबढी मानिस घाइते भएको अनुगमनकर्ताले जानकारी दिएको पनि आइतबार प्राप्त पछिल्लो समाचारमा उल्लेख गरिएको छ ।सो अभियान सुरुगरेयता आधाभन्दा बढी क्षेत्रलाई सरकारी सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको पनि बताइएको समाचारमा उल्लेख छ । उक्त क्षेत्रका थोरै ठाउँको दरले सबैलाई आफ्नो नियन्त्रणमा लिँदै जाने रणनीतिअनुसार उनीहरुले केही ठाउँ अहिले नियन्त्रणमा लिएका हुन् । सरकारी सैन्य बलले शनिबार गुटाको मुख्य ठाउँ डौमालाई सफलतापूर्वक विद्रोहीबाट मुक्त गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स्ले जनाएको छ ।
उता सो क्षेत्रमा राष्ट्रसंघीय सहायताकर्मीले निकै प्रयास गरेको भए पनि सहायता वितरण गर्न अझै सकेका छैनन् । उनीहरुले शनिबारका लागि गरेको प्रयास पनि आंशिकरुपमा मात्र सफल भएको छ । सहायता सामग्री बोकेका केही ट्रक डौमा क्षेत्रमा पुगेको भएपनि उनीहरुले निर्वाधरुपमा वितरण गर्न भने सकेका छैनन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget