Websoft University

www.radiomakalu.com || 021-522512


दाह्रीग्याङ्गद्धारा सरसफाईकाे आयोजना,काष्ठमण्डपका अभियन्ता केपी खनालको सहभागीता


विगत २ वर्षदेखी सामाजिक संजालमा अत्याधिक चर्चामा रहेको दाह्रीग्याङ्गले आज धरान उपमहानगपालिमा सरसफाई तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । सो दाह्रीग्याङ्गले देसभरी चलाएको सरसफाई अभियान अन्तगर्त  फागुन२०गते विराटनगरमा व्यापकरुपमा गरीएको र आज धरान उपमहानगपालिको भानुचोक,वसपार्क हुदै महेन्द्र कलेज  लगायत धरानका  भिन्न स्थानहरुमा सरसफाई गरेको छ । सो सरसफाई  कार्यक्रममा महेन्द्र कलेज धरानका विद्यार्थी, सरकारी कर्मचारी, समाजसेवी तथा स्थानिय वासिन्दाहरुको सहभागीता रहेको थियो । विवेक घिमिरेको संयोजकत्वमा सुरु सो कार्यक्रममा क्लिन काष्ठमण्डपका अभियन्ता केपी खनालको समेत सहभागीता रहेको थियो ।   सामाजिक सञ्जालमा ख्याती प्राप्त  “दाह्रीग्याङ्ग” भन्ने ग्रुरुपमा हाल  १ लाख ३ हजार भन्दा वढी आधीकारीक सदस्यहरु क्रियासिल रहेको छ ।  दाह्रीग्याङ्गले समाजिक संजालमा ख्याती प्राप्त गरे जस्तै अव मुलुकमा विभिन्न किसिमका रचानात्मक अभियान चलाएर सुन्दर, समृद्ध देसको निमार्णमा सहयोग गर्ने सो दाह्रीग्याङ्गका संस्थापक ढकाल अंकितले वताउनु भयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget