Websoft University

www.radiomakalu.com || 021-522512


सिलवालविरुद्ध जाहेरी दर्ता, अनुसन्धान सुरु

nawaraj silwalको लागि तस्बिर परिणाम

काठमाडौं, पुस ६ गते । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालविरुद्ध सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान सुुरु गरेको छ ।
नेकपा (एमाले) बाट उम्मेदवार भई ललितपुर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सिलवालले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कन (कासमु) कीर्ते गरेको भन्दै सर्वोच्च अदालतले अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतको निर्देशन अनुसार नै बुधवार प्रहरी परिसर काठमाडौंमा सिलवालविरुद्ध कीर्ते मुद्दाको जाहेरी दर्ता भएको जानकारी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकले दिनुभयो । सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाएपछि सिलवालले आफू पहिलो नम्बरको डिआईजी भन्दै प्रहरी महानिरीक्षक बनाउन माग गर्दै आदेशका लागि सर्वोच्च अदालत पुग्नुभएको थियो ।
सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गरी कासमूमा बढी अङ्क ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दिनुका साथै सिलवालको सबैभन्दा बढी कासमु अङ्क रहेको खुलासा गरेको थियो ।
तर सिलवालले दिएको उक्त कासमु नै कीर्ते रहेको ठहर गर्दै सरकारले भने सिलवाललाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिएको थियो । सो घटनाका सम्बन्धमा तत्कालीन प्रहरीका नायव महानिरीक्षक विजय भट्टको संयोजकत्वमा छानविन समिति पनि गठन गरिएको थियो ।
सो समितिले छानविन गरी सिलवाललाई कारबाही गर्ने सम्बन्धमा अध्ययन प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । सिलवालले बुझाएको कासमू र लोकसेवाबाट प्राप्त कासमूमा फरक–फरक अङ्क देखिएपछि यसमा संलग्नमाथि छानविन गरी कारबाही गर्न अदालतले आदेश दिएको हो ।
सर्वोच्च अदातलको पूर्ण फैसला आएपछि प्रहरीले सिलवालमाथि सरकारी कागज कीर्तेमा अनुसन्धान थालेको छ । सिलवाल पक्राउ परेमा २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनु पर्नेछ र त्यसपछि मुद्दा दायर हुनेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget