Websoft University

www.radiomakalu.com || 021-522512


मोरङका निजी अस्पतालमा मनपरी श्यया शुल्क

hospitalको लागि तस्बिर परिणाम

पथरी, मोरङ, पुस ६ गते । मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् । नियमनकारी निकायले पर्याप्त चासो नदि“दा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुुल्क लिने गरेको सेवाग्रही सुभाष कामतले गुनासो गर्नुभयो ।

मोरङको नाम चलेको अस्पताल न्यूरो अस्पतालका अनुसार सामान्य श्ययामा एक दिन बिरामी राखेको रु ८०० देखि दुई हजारसम्म शुःल्क लिने गरेको छ । सो अस्पतालले सामान्य क्याबिनको रु तीन हजार, डिलक्सको रु चार हजार र आइसियुको दैनिक रु छ हजार श्यया शुल्क लिने गरेको छ ।

त्यस्तै, विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क रु एक हजार २५०, डिलक्स रु दुई हजार ७७५ र सुपर डिलक्सको नाममा रु तीन हजार ८८० प्रतिदिन श्यया शुल्क लिने गरेको छ । त्यस्तै, आइसियुको रु छ हजार शुल्क लिने गरेको छ ।

ग्रिनक्रस अस्पतालका अनुसार सामान्य श्ययाको रु एक हजार ५० देखि रु दुई हजार ५०० सम्म शुल्क लिने गरेको छ । सो अस्पतालले आइसियुमा रु सात हजार शुल्क लिने गरेको छ । त्यस्तै, लाइफगार्ड अस्पतालले सामान्य बेड शुल्क रु एक हजार, डिलक्स रु तीन हजार र आइसियुमा रु छ हजार बेड शुल्क लिने गरेको छ ।

नोबेल अस्पतालका नारायण दाहालका अनुसार सामान्य श्ययाको रु ३५० देखि रु एक हजार, आइसियु रु तीन हजार ५०० र एनआइसियुको रु चार हजार ५०० लिने गरेको छ । निजी अस्पतालले लिएको महँगो शुल्कले सर्वसाधारण हैरान छन् । विराटनगरका कुलदीप शर्माले भन्नुभयो, “अस्पताल खोल्ने र सेवा दिने भन्ने, तर पैसा चाँहि ढाडै भाँच्ने गरी लिने, अनि कसरी सेवा भयो त ?”

सो अस्पतालले सामान्य श्ययाको रु ३५०, क्याबिनमा सिङ्गल रु एक हजार र डबल रु ७५० लिने गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका स्वास्थ्य संस्था निरीक्षक बृजेश यादवका अनुसार निजी अस्पतालले लिने शुल्क पटकपटक समायोजन गर्न आग्रह गरे पनि कार्यान्वयनमा चासो नदिएको बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget