Websoft University

www.radiomakalu.com || 021-522512


'कोलान्जियोकार्सिनोमा' कस्तो क्यान्सर हो?



कोलान्जियोकार्सिनोमा पित्त थैली, कलेजोको भित्र गएको पित्त बग्ने नली र बाहिरको नलीमा हुन सक्छ। पित्त थैली र पित्त बग्ने नलीको वरपर ट्युमर पलाउनुलाई 'बाइल डक्ट क्यान्सर' अर्थात् 'कोलान्जियोकार्सिनोमा' भनिन्छ।

कोलान्जियोकार्सिनोमा महिलाभन्दा पुरुषमा बढी देखिन्छ। खासगरी ५० देखि ७० वर्षका पुरुषलाई यसको जोखिम बढी हुने अनुसन्धानबाट खुलेको छ।

कुनै क्यान्सर हुनुअघि त्यस्ता खास लक्षण नदेखिने भएकाले धेरैमा यो फैलिसकेपछि मात्रै थाहा हुन्छ। कोलान्जियोकार्सिनोमा भएपछि जन्डिस हुने, पेट दुख्ने, ज्वरो आउने, तौल घट्ने, कमजोरी महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

यसको उपचार शल्यक्रिया गरी पित्त थैली हटाउनु हो। पित्तथैली कलेजोभन्दा ठीक तल र सानो आन्द्रासँग जोडिएको हुन्छ। कलेजोले उत्पादन गरेको पित्त पित्तनली हुँदै पित्तथैलीमा जम्मा भएको हुन्छ। पित्तले खाना र त्यसमा रहेको चिल्लो पदार्थ पचाउने काम गर्छ।

पित्तथैली, पित्तनली तथा यसको वरिपरि क्यान्सर हुँदा सर्जरी गर्न सहज भने हुँदैन। किनभने पित्तनली कलेजोभित्रसम्म फैलिएको हुन्छ भने पित्तथैली आन्द्रासँग जोडिएको र कहिलेकाहीँ जेलिएको पनि हुन सक्छ। पित्त थैलीका साथै कहिलेकाहीँ कलेजोकै भाग हटाउने शल्यक्रिया गरेर यसको उपचार गरिन्छ।

सामान्यतया यसमा ट्युमर कहाँनेर पलाएको छ भनेरै भेट्न गाह्रो हुने भएकाले शल्यक्रिया चुनौतीपूर्ण पनि मानिन्छ। यसको उपचारका लागि केमो थेरापी र रेडिएसन भने त्यति प्रभावकारी मानिँदैन।

– एजेन्सी सहयोगमा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget