Websoft University

www.radiomakalu.com || 021-522512


डा उपेन्द्र देवकोटालाई पित्तथैली सम्बन्धी क्यान्सर (कोलान्जिओकार्सिनोमा), बेलायतमा उपचार हुँदै



काठमाडौं , पुस १० गते । वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटालाई पित्त्तथैली सम्बन्धी क्यान्सर भएको छ। पित्तथैली र पित्तनली वरिपरिको क्षेत्रमा हुने यस्तो क्यान्सरलाई मेडिकल भाषामा 'कोलान्जिओकार्सिनोमा' भनिन्छ।

डा देवकोटाको बेलायतस्थित किंग्स कलेज अस्पतालमा उपचार भइरहेको छ। उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएका कारण शल्यक्रिया समेत गर्न नसक्ने अवस्था रहेको बताइएको छ। अस्पतालले डा देवकोटालाई केमोथेरापी दिएर आवश्यक उपचार गर्ने प्रक्रिया अगाडि बढाएको छ।

डा देवकोटा नेपालमा नै बिरामी भएपछि उपचारका लागि लन्डन पुगेका हुन्। लन्डन जानुअघि उनलाई जन्डिसको लक्षण देखिएको थियो। त्यसपछि उनले नेपालमै आवश्यक स्वास्थ्य परीक्षणसमेत गरेका थिए। परीक्षणका क्रममा क्यान्सर देखिएपछि उनी थप उपचारका लागि लन्डन पुगेका हुन्। उनी ३ साताअघि श्रीमती डा मधु दिक्षित देवकोटासँग लन्डन गएका हुन्।

पित्तथैली कलेजोभन्दा ठिक तल र सानो आन्द्रासँग जोडिएको हुन्छ। कलेजोले उत्पादन गरेको पित्त पित्तनली हुँदै पित्तथैलीमा जम्मा भएको हुन्छ। पित्तले खाना र त्यसमा रहेको चिल्लो पदार्थ पचाउने काम गर्छ। पित्तथैली, पित्तनली तथा यसको वरिपरि क्यान्सर हुनु भनेको खतराको अवस्था हो। यसको प्रमुख उपचार भनेको शल्यक्रिया नै हो। शल्यक्रिया गर्न नमिल्निे अवस्थामा केमोथेरापीबाट उपचार हुन्छ।

६३ वर्षीया डा देवकोटा एसियाकै अब्बल न्युरो सर्जनका रुपमा चिनिन्छन्। उनी मंसिर १० गतेको निर्वाचनको समयमा गोरखामा गएर भाषण गरिरहेका थिए। त्यही क्रममा उनलाई जन्डिसको लक्षण देखिन थालेको थियो।

डा देवकोटाको अवस्था गम्भीर रहेको खबर प्राप्त भएपछि नेपालमा उनको स्वास्थ्य लाभको कामनासहित पशुपति मन्दिर अगाडि आइतबार दीप प्रज्ज्वलन गरिएको छ। वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल तथा उनकी पत्नी सरला रिजालको अगुवाइमा दीप प्रज्ज्वलन कार्यक्रम भएको हो।



डा रिजालले हजारौँ नेपाली बचाउने डाक्टर देवकोटा बिरामी भएको खबर आएपछि शीघ्र स्वास्थ्यलाभको कामनाका लागि दीप प्रज्ज्वलन कार्यक्रम गरिएको बताए।

डा रिजालले भने, ‘उहाँको स्वास्थ्य गम्भीर छ भन्ने सुनेकाले उहाँलाई छिट्टै निको होस् भन्ने कामनासहित सामूहिक दीप प्रज्ज्वलन गरेका हौं।’ दीप प्रज्ज्वलन कार्यक्रममा ५० भन्दा बढीको सहभागिता थियो। - स्वास्थ्य पत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget