Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस–एमाले आफ्नै अडानमा, पाँच दलको बैठकमा मिलेन कुरा


कांग्रेस–एमाले आफ्नै अडानमा, पाँच दलको बैठकमा मिलेन कुरा


काठमाडौँ पुस १ गते । नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको पाँच दलको बैठक विनानिष्कर्श टुंगिएको छ ।

कांग्रेसले राष्ट्रपतिकहाँ पठाइएको राष्ट्रिय सभासम्बन्धी अध्यादेश पारित गरिनुपर्ने अडान राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको बैठक निचोडमा नपुगी सकिएको हो ।

बैठकपछि बोल्दै नेताहरुले सहमति नजुटेको बताउँदै फेरि यसबारेमा छलफल हुने बताएका छन् । बैठकमा मंसिरमा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त पाँच दलका नेताहरु सहभागी थिए ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा गठनका लागि वाम दलहरु सहमत नभएपछि बिनानिष्कर्श बैठक सकिएको बताए ।

‘एकल संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा गठन गर्ने हाम्रो प्रस्तावलाई वाम दलले अस्वीकार गरे’, उनले भने, ‘सबै दलको सम्मानजनक उपस्थितिका लागि यही प्रणालीबाट अघि बढे मात्रै निकास निस्कन्छ ।’

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने जनताले नयाँ जनादेश दिइसकेकाले अब कांग्रेसले ‘हलो अड्काउने’ प्रयास गर्न नहुने स्पष्टिकरण दिए ।

‘जनताबाट नयाँ आदेश आइसकेको अवस्थामा कांग्रेसले कुनै पनि बहानामा सरकार गठन प्रक्रियालाई अवरोध गर्नुहुँदैन’, उनले भने, ‘देश नयाँ परिवेशमा अघि बढिसकेकाले कांग्रेसले राष्ट्रिय सभा गठनमा गरेको अवरोध उचित होइन ।’

आजको बैठकमा बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनलगायत विषयमा छलफल भएको छ । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेताहरू सहभागी भएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार राष्ट्रियसभा अध्यादेश र सरकार निर्माणमा देखिएको अवरोध अन्त्यका लागि दलहरूबीच संवादको वातावरण बनाइ सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए।

बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेटी दाहालले संवादहीनताले दलहरूबीच आपसी विश्वास घट्ने र समझदारी निर्माणमा जटिलता उत्पन्न गर्ने भएकाले तत्काल संवादको वातावरण निर्माण गर्न आग्रह गरेका थिए । दाहाल केही दिनका लागि उपत्याकाबाहिर जाने भएपछि बैठक बसेको थियो । कांग्रेस एकल संक्रमणीय मतदान विधिबाट र एमाले बहुमतीय आधारमा राष्ट्रियसभा गठन हुनुपर्ने पक्षमा अडिग छन्।

दुवैको अडानका कारण प्रधानमन्त्री देउवा र एमाले अध्यक्षबीच लामो समयदेखि संवादसमेत हुन सकेको थिएन। वाम गठबन्धन र नेपाली कांग्रेस दूरी मतभेद बढिरहेका बेला प्रधानमन्त्री देउवाले पहिलोपटक राष्ट्रिय दलहरुको संयुक्त बैठक बोलाएका थिए । - अन्नपूर्ण पोस्टबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget