Websoft University

www.radiomakalu.com || 021-522512


सिरहा मालपोतमा बम विस्फोट, तीनजना घाइते

सिरहा मालपोतमा बम विस्फोट, तीनजना घाइते

सिरहा , पुस १ गते । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयमा भएको शक्तिशाली बम विस्फोटमा परेर तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा सिरहा नपा १ का पवन पासवान, सिरहा नपा ७ का राजकुमार पासवान र उनका छोरा रोषण पासवान घाइते भएका हुन्।


पवनको टाउकोमा गम्भीर चोट लागेको छ। टाउकोबाट अत्यधिक रगत बगेकाले अवस्था गम्भीर छ। घाइते तीनै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए।

उनका अनुसार कुकर बम विस्फोट भएको छ। बम कसले विस्फोट गराएको विषयमा केही खुल्न नसकेको र अनुसन्धान भइरहेको उनले बताए। अहिले घाइतेको उपचार भइरहेको अस्पताल र घटना स्थलमा सर्वसधारणको भिड लागेको छ।


बम मालपोत कार्यालयको पहिलो तल्लामा भएको हो। विस्फोटपछि कार्यालयको कामकाज ठप्प भएको छ। बम विस्फोटका कारण सो क्षेत्रका सर्वसधारण त्रसित बनेका छन्। अहिले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्। - सन्तोष यादव , अन्नपूर्ण पोस्टबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget