Websoft University

www.radiomakalu.com || 021-522512


म्यादी प्रहरीको मृत्युपछि कालिकोटमा प्रदर्शन चर्कियो, कर्फ्यु जारी

म्यादी प्रहरीको मृत्युपछि कालिकोटमा प्रदर्शन चर्कियो, कर्फ्यु जारीको लागि तस्बिर परिणाम

कालिकोट, पुस ८ गते ।  प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका म्यादी प्रहरी विवेक ऐडीका आफन्त र स्थानीयबासिन्दाले प्रदर्शन चर्काएपछि कालिकोटमा कर्फ्यु घोषणा गरिएको छ ।

मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको माग गर्दै बिहानैदेखि स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए ।

प्रदर्शन चर्किदै गएपछि अवस्था नियन्त्रणबाहिर जान नदिन आज दिउँसो ४ बजेदेखि भोलि बिहानसम्म कर्फ्यु घोषणा गरेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रशासनले कर्फ्यु घोषणा गरेपछि कालिकोटको मान्म बजारमा कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गरेको छ । कम तलब पाएको भन्दै हिजो दिउँसो म्यादी प्रहरीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सान्नी त्रिवेणी गाउँपालिका ४ का विवेक ऐडीको ज्यान गएको थियो भने ६ जना घाइते भएका छन् ।

मृत्तक ऐडीको शब जिल्ला अस्पताल कालिकोटमा राखिएको छ । मृत्तकका आफन्तले शब बुझ्न नमानेपछि क्षेत्रीय प्रशासक सुरेश प्रधानसहित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, क्षेत्रीय प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको क्षेत्रीय प्रमुखबीच छलफल भइरहेको छ ।मणिराज पाण्डे , उज्यालोबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget