Websoft University

www.radiomakalu.com || 021-522512


६ औं एसियाली जुरखानीमा नेपाललाई एक स्वर्णसहित पाँच कास्यपदक

zhurkhane

काठमाडौं, पुस ९ गते । फिलिपिन्समा जारी ६ औं एसियाली जुरखानी प्रतियोगितामा नेपाल अहिलेसम्म एक स्वर्णसहित पाँच कास्यपदक जितेको छ । पुस ६ गतेदेखि शुरु भएको एसियाका २२ वटा देशहरु समावेश प्रतियोगितामा कुन्दन साहले एक स्वर्ण जित्नुभएको हो । जुरखानीको कुस्ती विद्याको ५० देखि ६० तौल समूहमा साहले स्वर्ण जित्नुभयो ।
सोही विद्याको ६० देखि ७० तौल समूहमा रोजन महर्जन तेश्रो हुनुभएको छ । महर्जनले ब्यक्तिगत विद्यामा पनि अर्काे कास्य पदक जित्नुभएको छ । ब्यक्तिगत विद्यामा रोजित महर्जनले कास्य र राजु महर्जनले कास्य पदकमा चित्त बुझाउनुप¥यो ।
प्रशिक्षक रविन घिमिरेको नेतृत्वमा रहेको टोलीले समूहगत प्रतियोगितामा पनि तेश्रो स्थान जित्न सफल रहेको जानकारी प्राप्त भएको छ ।
उक्र प्रतियोगितामा भाग लिन पुग्नुभएका रोहित महर्जन र मुकेश ठाकुर पदकविहिन हुनुभयो । चारदिने प्रतियोगिताको लागि नेपाली खेलाडीको टोली पुस ५ गते फिलिपिन्स प्रस्थान गरेको थियो ।
–उपेश महर्जन , गोरखापत्र अनलाइन

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget