Websoft University

www.radiomakalu.com || 021-522512


पचास करोडको लगानीमा टायर उद्योग

tiyerको लागि तस्बिर परिणाम

पथरी, मोरङ, पुस ६ गते । भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ ।

उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट सुरुमा ट्र्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिनेछ । सो उद्योगले तत्काल वार्षिक दुई लाख थान टायर उत्पादन गर्ने लक्ष्य लिएको छ ।

पहिलो चरणमा डेल्टा ब्राण्डका टायर बजारमा ल्याइनेछ । ट्रक, बस, जिप, लरी, ट्र्याक्टरको सबै प्रकारका टायरको वार्षिक २० लाख थान उत्पादन गर्ने लक्ष्य राखेको सिंघानियाले बताउनुभयो । उद्योगमा पाँच वर्षभित्रै लगानी विस्तार गरेर रु दुई अर्ब ५० करोड पु¥याउने उहाँको भनाइ छ ।

विशाल समूहका निर्देशक अनुज अग्रवालले आयात प्रतिस्थापन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको बताउनुभयो । सो टायर उद्योगले कच्चापदार्थ भारतबाट आयात गरिरहेको छ । - रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget