Websoft University

www.radiomakalu.com || 021-522512


कुन प्रदेशमा कति नागरिक गरिब ?



काठमाडौं, पुस ६ गते ।  देशभर सयमा झण्डै २९ नागरिक बहुआयामिक रूपमा गरिब रहेको एक अध्ययनले देखाएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा २८ दशमलव ६ प्रतिशत नेपाली गरिब रहेको उल्लेख छ ।

प्रतिवेदन स्वास्थ्य, शिक्षा र जीवनस्तर तीन आयामका कुपोषण, न्यून शिक्षा, बिजुली, खानेपानी तथा पर्याप्त सरसफाइजस्ता एमपिआईले अनुसरण गरेका १० वटा सूचकमा आधारित छ ।

प्रतिवेदनले प्रदेश नं ६ र प्रदेश नं २ मा बहुआयामिक गरिबी दर उच्च रहेको देखाएको छ । यहाँका झण्डै आधा जनसंख्या गरिबीको रेखामा छ । प्रतिवेदन अनुसार यहाँका नागरिक खाना पकाउने इन्धन, सरसफाइ, बिजुली, शिक्षा एवम् स्वास्थ्यजस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन् ।

प्रतिवेदनले प्रदेश नं. २ मा ४८ प्रतिशत र प्रदेश नं. ६ मा ५१ प्रतिशत नागरिक गरिक रहेको देखाएको छ ।प्रतिवेदनअनुसार प्रदेश नं ५ र ७ मा गरिबीको दर ३० प्रतिशत तथा प्रदेश नं ३, १ र ४ मा १५ प्रतिशत हाराहारीमा रहेको उल्लेख छ ।

बहुआयामिक गरिबी सूचकांकले नौ वर्षसम्म उमेर समूहका बालबालिका सबैभन्दा गरिब समूहका भएको देखाएको छ । प्रतिवेदनमा ४१.६ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा रहेको पनि उल्लेख छ ।
- उज्यालोबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget