Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री देउवा ताप्लेजुङमा



ताप्लेजुङ, कात्तिक २५ गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ताप्लेजुङ आइपुग्नुभएको छ ।

मध्याह्न ताप्लेजुङ सदरमुकाम आइपुग्नुभएका प्रधानमन्त्री देउवा अहिले केहीबेरमा पाथीभरा मन्दिरको दर्शन गर्न त्यसतर्फ जाने कार्यक्रम रहेको छ ।

काँग्रेस ताप्लेजुङले सदरमुकाम फुङलिङमा आज आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न आउनुभएका देउवा कार्यक्रमलाई सम्बोधन गर्नुअघि पाथीभराको दर्शन गर्न लाग्नुभएको पार्टीका महासमिति सदस्य गजेन्द्र तुम्याहाङले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवा ताप्लेजुङ आएसँगै अहिले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । जिल्लास्तरीय आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासँगै काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणसमेत ताप्लेजुङ आउनुभएको छ ।

कार्यक्रमलाई प्रधानमन्त्री देउवा, नेता खाँण र ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार केशवप्रसाद दहाल, प्रदेशसभा उम्मेदवार लीलादेवी बोखिमलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यहाँको आमसभालाई सम्बोधन गरेलगत्तै प्रधानमन्त्री देउवा पाँचथरको लब्रेकुटीमा आयोजित किराँत महागुरु फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न त्यसतर्फ जाने बताइएको छ । (रासस)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget