Websoft University

www.radiomakalu.com || 021-522512


महिला विश्वकप क्रिकेट छनोटमा नेपालले थाइल्याण्डसँग अंक बाड्यो



आइसीसी महिला टि-२० विश्वकपका लागि एशियाली छनोटको आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ ।


घरेलु टोली थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा १० रन बनाउँदा वर्षाका कारण खेल रोकियो । त्यसपछि खेल हुन सकेन र दुवैले एक एक अंक बाँडे ।

बैंककको टेर्डथाई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन जोडेको थियो । उसका लागि चाइवाईले सर्वाधिक २३ रन बनाइन् । त्यस्तै चानथमले १८ रन टिमको खातामा जोडिन् ।

बलिङतर्फ नेपालका लागि सरिता मगरले २ तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए ।

प्रतियोगिता अन्तर्गत नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।- अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget