Websoft University

www.radiomakalu.com || 021-522512


इलामका उम्मेदवार नेम्वाङलाई पाँचथरको चिन्ता


इलामका उम्मेदवार नेम्वाङलाई पाँचथरको चिन्ता

पाँचथर  मंसिर ४ गते ।  निर्वाचनको बेला अधिकांश उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा खटिरहेका बेला पूर्व सभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको दौडधुप अलि फरक छ। प्रतिनिधि सभाको मंसिर २१ गते हुने चुनावमा इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेम्वाङको प्राथमिकतामा यतिबेला आफ्नो क्षेत्रभन्दा पाँचथर परेको छ।
आफ्नो पुर्खौली थलो समेत रहेको पाँचथरमा वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि आफ्नै वंशका बसन्त नेम्वाङ उम्मेदवार बनेपछि सुवासले पाँचथरलाई प्राथमिकतामा राखेका हुन्। इलामको आफ्नो निर्वाचन क्षेत्रसँग सिमाना जोडिएको पाँचथरको निर्वाचन क्षेत्रलाई सुवासले प्राथमिकतामा राखेका हुन्।
पाँचथरमा पहिलो चरणअन्तर्गत मंसिर १० र इलाममा दोस्रो चरणमा चुनाव हुँदैछ। त्यसैले पहिले पाँचथरमा खटिने र पछि आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने योजनासाथ सुवासले पाँचथरमा दौडधुप बढाएको एमालेका नेताहरू बताउँछन्।
सुवासले वाम गठबन्धले आइतबार तुम्बेवा गाँउपालिकाको मौवमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरेका थिए। उनले आफ्नो वंशभित्रका बसन्त नेम्वाङलगायत वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे।
पाँचथरमा नेम्वाङहरूको बाक्लो बस्ती छ। नेम्वाङ बन्धुहरूको मतमात्र तान्न सकिए वाम गठबन्धनका उम्मेदवारलाई जिताउन सकिने बुझेका सुवासले सोमबार फाल्गुनन्द गाउँपालिकाको इम्बुङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन  गरे। वाम गठबन्धनका उम्मेदवारलाई जिताएमात्र पाँचथरको समृद्धि सम्भव भएको तर्क उनले गरे। ‘बसन्तजस्तो विकासप्रेमी नेता र सम्पूर्ण वाम गठबन्धनका उम्मेदवारलाई जिताए मात्र यहाँको समृद्धि सम्भाव छ’, उनले भने।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget