Websoft University

www.radiomakalu.com || 021-522512


मतगणना एकैपटक गर्ने आयोगको तयारी


Election-Commission-Nepal-768x411
काठमाडौंँ, कात्तिक २६ गते ।  निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार र मतदातामा निकै उत्साह थपिएको छ ।  पहिलो चरणको निर्वाचनका लागि अब दुई सातामात्र बाँकी छ ।  पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मङ्सिर १० गते निर्वाचन हुने भए पनि त्यसको मतपरिणाम थाहा पाउन भने उम्मेदवार र मतदाताले दोस्रो चरणको निर्वाचन सम्पन्न हुँदासम्म पर्खनुपर्नेछ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन मङ्सिर २१ गते सम्पन्न भएर सबै मतपेटिका सङ्कलन भएपछि मात्र मतगणना गर्ने तयारी गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले बताउनुभयो ।  दोस्रो चरणमा हुने मतदानलाई प्रभावित गर्न सक्ने भएकाले दुवै चरणको मतगणना एकैपटक गर्ने निर्णय आयोगले गरेको हो ।
पहिलो चरणको मतदानपछि मतपेटिकालाई जिल्ला निर्वाचनको कार्यालयमा ल्याएर सुरक्षित गरिने तयारी आयोगले गरेको छ ।  मतपेटिकाको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा जिम्मा दिइने सहायक प्रवक्ता शर्माले बताउनुभयो ।  प्रत्यक्षतर्फको मतगणना गरेपछि मात्र समानुपातिकतर्फको मतगणना गर्ने योजना आयोगको छ ।
यसपटकको निर्वाचनमा जुन क्षेत्रमा जति उम्मेदवार छन्, त्यहीअनुसारको मात्र चिह्न प्रदान गरेर मतपत्र बनाइएकाले स्थानीय निर्वाचनको भन्दा छिटो मतगणना हुने अपेक्षा आयोगको छ ।  प्रत्यक्ष र समानुपातिकको छुट्टाछुट्टै मतपत्र रहेकाले पनि गणना छिट्टै हुने भनाइ आयोगको छ ।
आयोगले प्रत्यक्षतर्फको मत परिणाम मङ्सिरको अन्तिम सातासम्म र पुसको पहिलो सातासम्म सबै मतगणना आइसक्ने विश्वास आयोगको रहेको शर्माले बताउनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget