Websoft University

www.radiomakalu.com || 021-522512


खेलाडीका सामुन्ने मन्त्रीका यी प्रतिबद्धता



युवा तथा खेलमुदमन्त्री राजेन्द्रकुमार केसीले आफ्नै सरकारी निवासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई जम्मा गरी बिभिन्न प्रतिबद्धता व्यक्त गरेका छन् ।


साउन ११ गते मन्त्री नियुक्त भएलगत्तै २४ दिनभित्र खेलक्षेत्रमा देखिने परिवर्तन गर्ने बताएका मन्त्री केसीले मन्त्री निवासको सानो प्रांगणमा आयोजित खेलाडी स्वागत समारोहमा आफूलाई मन्त्री भन्दा खेलाडीको प्रतिनिधिका रुपमा बुझिदिन आग्रह गरे ।

खेलाडीहरुमाझ सम्बोधन गर्दै मन्त्री केसीले नेपाली खेलक्षेत्रमा राजनीति हुन नदिने घोषणा गरे । मन्त्रीले भने, ‘म कांग्रेसको तर्फबाट मन्त्री भएको हो तर कांग्रेसका साथीहरु हुनुहुन्छ भने म कांग्रेसलाई सपोर्ट गर्न आएको होइन, म प्रतिभा मर्न दिन्न ।’

मन्त्री केसीले यो या त्यो कुनै कारणले खेलाडीको हौसला र उर्जा मर्न नदिने अर्को प्रतिबद्धता व्यक्त गरे । खेलाडीमा अन्याय र उनीहरुबिरुद्ध राजनीति हुन नहुने उनको धारणा थियो ।

उनले करीव डेढ वर्षपछि नेपालमै आयोजना हुने १३औं दक्षिण एशियाली खेलकुदका लागि पूर्वाधार बिकास आफ्नो मुख्य उद्देश्य हुने बताए । ‘भूकम्पका कारण दशरथ रंगशाला लगायत धेरै पूर्वाधारमा ठूलो क्षति पुगेको छ, यसको पुनर्निर्माण र नवनिर्माण गरी १३औं साग आयोजना गर्नु चुनौति छ ।’ मन्त्री केसीले भने । काठमाडौं उपत्यकाबाहिर पोखरामा खेलकुदको केन्द्रका रुपमा बिकास गर्न सकिने मन्त्रीले बताए ।

त्रिभुवन बिश्वबिद्यालयमा खेलकुद एकेडेमी सञ्चालन गर्ने जानकारी पनि मन्त्री केसीले कार्यक्रममा दिए । बहुउद्देस्यीय कवर्डहलसहितको खेलकुद एकेडेमी त्रिविको समन्वयमा सञ्चालन गर्ने अन्तिम तयारीमा आफूहरु रहेको मन्त्री केसीले जानकारी दिए ।

मन्त्रीसँग खेलाडीले मागे सामाजिक सुरक्षा

कार्यक्रममा खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले पारित गरिसकेको ‘खेलाडी बिशेष सुरक्षा कार्यविधि मन्त्रिपरिषदबाट पारित गराउन मन्त्रीसमक्ष आग्रह गरे ।

कार्यविधि निर्माण समितिका सदस्यसमेत रहेका कीर्तिमानी खेलाडी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वअध्यक्ष दीपक विष्टले कार्यविधि पारित भए खेलाडीहरु धेरै खुसी हुने बताए । ‘मन्त्रीज्यूले २४ दिनभित्र देखिने काम गर्छु भन्नुभएको थियो, अब देखाउने बेला आएको छ ।’ विष्टले भने ।

कार्यविधिमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई मासिक भत्ताका साथै शिक्षा, स्वास्थ्य, यातायात र मनोरञ्जनमा छुट दिने उल्लेख छ ।

एसियाली र दक्षिण एसियाली खेलाडीमा स्वर्ण जित्नेलाई पाँच हजार पाइरहेको तथा राजत र काश्य पदक बिजेतालाई पनि क्रमसः ३ हजार र १५ सय मासिक भत्ता उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै खेलाडीको सुविधाको हकमा एशियाली खेलकुदमा पदक र दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई शिक्षा र स्वास्थ्य र यातायातमा शतप्रतिशत तथा मनोरञ्जनमा ७० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

त्यस्तै सागमा राजत पदक र ओलम्पियन खेलाडीहरुलाई शिक्षा र स्वास्थ्य र यातायातमा ८० प्रतिशत र मनोरञ्जनमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सागमा काश्य र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका राष्ट्रिय खेलाडीहरुलाई शिक्षा स्वास्थ्य र यातायातमा ५० तथा मनोरञ्जनमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget