Websoft University

www.radiomakalu.com || 021-522512


सुनसरी र मोरङमा सवारी दुर्घटना हुँदा ३ घाईते

सुनसरी र मोरङमा सवारी दुर्घटना हुँदा ३ घाईते

बिराटनगर, साउन १९  गते। सुनसरी र मोरङ जिल्लामा बुधबार साँझ भएको सवारी दुर्घटनमा परी ३ जना घाईते भएका छन्। सुनसरी ईटहरी उप-महानगरपालिका ५ जनता बस्तीमा को २७ प ४१६४ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। घाईते हुनेमा चालक भोजपुर जरायोटार बस्ने खगेन्द्र र पछाडी सवार संखुवासभा बस्ने तत्काल ठेगाना नखुलेको राम कुमार राई रहेका छन्। उनीहरुको एपेक्स हस्पिटल ईटहरीमा उपचार भईरहेको छ।

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका ११ स्थित महेन्द्र चौकमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक जना घाईते भएका छन्। कोशी राजमार्ग अन्तर्गत ना ५ ख ३०३३ नम्बरको ट्रकले को १३ प ३४१८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक बिराटनगर २ बस्ने ४७ बर्षिय तिर्थराज शाक्य घाईतर भएका हुन्। घाईते शाक्यको म्याक्स ईन्टरनेशनल अस्पताल महेन्द्र चौकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget