Websoft University

www.radiomakalu.com || 021-522512


एक महिना नखानुहोस् गुलियो, शरीरमा यस्तो परिवर्तन पाउनुहुनेछ




अमेरिकन हार्ट एसोसिएसनका अनुसार वयस्एका पुरुषको दिनभरको डाइटमा गुलियोको मात्रा १ सय ५० क्यालोरीभन्दा बढी हुन हुँदैन । महिलामा यो मात्रा १ सय क्यालोरी हुनुपर्छ । यद्यपी हाम्रो दिनभरको खानपानमा आवश्यक्ताभन्दा बढी गुलियो ग्रहण गरिरहेका हुन्छौ । यहि कारण हाम्रो शरीरमा अतिरिक्त क्यालोरी र टक्सिन जम्मा हुन्छ । यसले स्वास्थ्यमा प्रतिकुल असर गर्ने नै भयो ।

यस्तो अवस्थामा तपाई स्वंमले परीक्षण गर्न सक्नुहुन्छ कि, गुलियो पदार्थ छाड्दा शरीरमा कस्तो परिवर्तन हुन्छ ? एक महिना मात्र गुलियो पदार्थ सेवन नगर्नुहोस्, केहि सकारात्मक परिवर्तन पाउनुहुनेछ । के हुन्छ त त्यस्तो परिवर्तन ?

१. गुलियो खानेकुरामा क्यालोरी बढी हुन्छ । यसले शरीरमा अतिरिक्त बोसो जम्मा गराउँछ । यहि कारण तौल बढ्छ । यदि गुलियो खान छाड्नुभयो भने, महिनामै तपाईको तौल नियन्त्रणमा आउँछ ।

२. धेरै गुलियो पदार्थ सेवन गर्दा पेन्क्रियाजमा धेरै इन्सुलिन बन्छ । यसले ब्लड सुगर लेभल बढ्छ । र, थकान लाग्छ । यदि गुलियो पदार्थ खान छाडियो भने, शरीरमा स्फूर्ति बढेको अनुभूत हुन्छ ।

३. गुलियो पदार्थ सेवन नगर्दा शरीरमा प्रतिरक्षा क्षमता राम्रो हुन्छ । यसले रोगबाट बचाउँछ ।

४.गुलियो पदार्थ खाइरहने बानी छ भने त्यसले मस्तिष्कमा सेरोटोनिन नामक रसायन रिलिज हुन्छ । यसले गुलियोको तलतल लागिरहन्छ । त्यसैले गुलियो खान छाड्नुभयो भने त्यसको तलतल पनि लाग्दैन ।

५. ब्लड शुगर लेभलमा धेरै उतार चढावको कारण एक्जाइटी र डिप्रेसन बढ्छ । गुलियो खानेकुरा छाडेपछि यसमा नियन्त्रण हुन्छ ।

६. गुलियो पदार्थ सेवनले ब्लड सुगर लेभल बढाउँछ , जसले मधुमेहको संभावना बढाउँछ । यदि गुलियो खान छाडियो भने, मधुमेहको खतरा कम हुन्छ ।

७. धेरै गुलियो पदार्थ सेवन गर्दा उच्च रक्तचाप बढ्ने खतरा रहन्छ । यदि गुलियो खान छाडियो भने रक्तचाप नियन्त्रण हुन्छ ।

८. गुलियो खान छाडेपछि शरीरमा राम्रो र नराम्रो व्याक्टेरियाको सन्तुलन मिल्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।

९. ब्लडमा शुगर लेभल बढ्नाले छालामा अनेकन समस्या देखापर्छ । गुलियो खानेकुरा छाडेपछि छालाका यस्ता समस्याहरु स्वत हट्छ ।

गुलियो खानेकुरा कति हानिकारक ?



गुलियो खानाले मोटोपन, मधुमेह, हृदय रोग र दाँतको समस्या हुन्छ । विभिन्न अध्ययनबाट के पाइएको छ भने, मीठो खाद्य पदार्थ (जस्तो, कोल्ड ड्रिंक, रेडिमेड जुस, चकलेट, क्यान्डी, मीठाई, डेजर्ट आदि)को सेवन र शारीरिक श्रम कम हुँदा मोटोपनको संभावना अधिक हुन्छ । यसैले इन्सुलिन प्रतिरोध, मोटाबोलिक सिन्ड्रोम, मधुमेह, हृदयरोग आदिको खतरा निम्त्याउँछ ।

अतिरिक्त गुलियोबाट कसरी बच्ने ?

चिनीजन्य खानेकुरा, कोल्ड ड्रिंक, चकलेट आदिको सेवन गर्नु भन्दा प्राकृतिक फलफूल सेवन गरौ । ताजा फलको जुस, नरिवल पानी, सादा पानी आदिले प्यास मेटौ । शुद्ध पानी शरीरको लागि एकदमै लाभदायक हुन्छ ।

चिनीजन्य गुलियो पदार्थको धेरै विकल्प छन् । मह, खजुर, गुड आदि सेवन गर्न सकिन्छ । यद्यपी यस किसिमको खानेकुरा पनि सन्तुलित र सहि मात्रामा सेवन गर्नुपर्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget