Websoft University

www.radiomakalu.com || 021-522512


किन भयो चिनियाँ र भारतीय सेना बीच ढुंगा हानाहान ?


किन भयो चिनियाँ र भारतीय सेना बीच ढुंगा हानाहान ?

एजेन्सी : भारत–चीन बीच विवादित भूभाग लद्दाख स्थित सीमा क्षेत्रमा तैनाथ रहेका भारतीय र चिनियाँ सेनाबीच मंगलबार ढुंगाहानाहान भएको खबर बाहिर आएको छ।
भारतीय सञ्चार माध्याममा आएका खबर अनुसार दुवै पक्षका सैनिकले एक अर्कामाथि सीमामा घुसपैठ गरेको आरोप लगाएका छन् । दुवै पक्षका सेनाले एक अर्काको इलाकामा प्रवेश गरेको र प्रतिरोध गरेपछि पछि हटेको दावी गरेका छन् । बिहान करीब ७ बजे तिर भएको ढुंगाहानाहान आधा घण्टासम्म चलेको बताइएको छ । त्यसपछि दुवै पक्ष आफ्ना इलाकामा गएका थिए । ढुंगाहानाहानबाट दुवै पक्षका केही सैनिक जवान घाइते भएको भारतीय सञ्चार माध्यामहरूले जनाएका छन् ।
यस घटनालाई लिएर बुधबार भारतीय र चिनियाँ सेनाबीच वार्ता भएको छ । वार्तामा दुवै पक्षले आगामी दिनमा यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाएको बताइएको छ । सीमा क्षेत्रको चुशूल घाटीमा भएको वार्तामा  यस क्षेत्रमा भएको घटनाको विषयलाई लिएर अन्य सीमा क्षेत्रमा तनाव उत्पन्न हुने स्थित सिर्जना हुन नदिन दुवै पक्ष सहमत भएको जनाइएको छ ।
डोक्लामको विषयलाई लिएर करीब दुई महिनादेखि चिनियाँ र भारतीय सेनाबीच सीमा क्षेत्रमा तनाव उत्पन्न भइरहेको छ ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget