Websoft University

www.radiomakalu.com || 021-522512


रोनाल्डोको इङ्ल्यान्ड फर्कने चाहना


रोनाल्डोको इङ्ल्यान्ड फर्कने चाहना
म्याड्रिड : रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको भन्दै आफू इङ्ल्यान्ड फिर्ता हुन चाहेको खुलासा गरेका छन् । रियल म्याड्रिडका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उनीमाथि एक करोड ७३ लाख अमेरिकी डलर बाराबरको कर छली गरेको आरोपमा स्पेनी अदालतमा मुद्दा चलाइएको छ ।
रोनाल्डोले बेलायती भर्जिज आइलेन्डस र आएरल्याण्डमा रहँदा ख्याति कमाएका थिए । यद्यपि रोनाल्डोले भने सन् २००४ मा आफूले बेलायती क्लब म्यानचेस्टर यूनाइटेडमा रहँदा सामान्य उचाई हाँसिल गरेपनि आफूले सन् २००९ मा रियलमा प्रवेश गरेपछि व्यापक ख्याति पाएको बताउदै आएका छन् । स्पेनमा उच्च तहका सबैफुटबल खेलाडीमाथि कर छली आरोपमा अनुसन्धान जारी राखिएको बताएपनि रोनाल्डोले भने आफ्नो प्रसिद्धिमा प्रभाव पार्ने अभिप्रायले सो आरोप लगाइएको दावी गरे । उनले अदालतमा यदि आफू क्रिस्टियानो रोनाल्डो भनेर नचिनिएको भए अदालतमा हाजिर गराइने थिएन भनेका छन् ।
स्पेनको आन्तरिक राजस्व मामिला सम्वद्ध जेस्था यूनियनका अधिकारीले यो मुद्दामा रोनाल्डो दोशी ठहरिएमा उनले कम्तिमा दुई करोड असीलाख यूरो बराबर जरिवाना र तीन बर्ष जेल सजाए पाउने बताएका छन् । रियलका प्रशिक्षक जिनेदिन जिदानले गत जुनमा भएको च्याम्पियन लिगको फाइनलपछि रोनाल्डोलाई विदा दिएका थिए । रोनाल्डो शनिबार मात्र स्पेनमा प्रशिक्षणका लागि फिर्ता भएका थिए ।- एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget