Websoft University

www.radiomakalu.com || 021-522512


रौतटह घटनाको जवाफ दिन सरकारलाई निर्देशन

रौतटह घटनाको जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौँ, साउन २२ गते । सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे जवाफ दिन सरकारलाई निर्देशन दिएकी छिन्।
आइतबारको व्यवस्थापिका-संसद्को बैठकमा सांसदहरुले घटनाबारे कुरा उठाएपछि सभामुख घर्तीले रौतहट घटनाले संसदको ध्यानाकर्षण भएको भन्दै जवाफका लागि निर्देशन दिएकी हुन्।
नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सो सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाहीको आलोचना गरे। उनले ठेकेदारको लापरवाही बारे पटक-पटक सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उल्लेख गर्दै मृतक बालिकाका अभिभावकलाई क्षतिपूर्तिको व्यवस्था गर्न र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न माग गरे। देशका विभिन्न भागका सडकका खाल्डा नपुरिँदा हालैका दिनमा ११ बालबालिकाको मृत्यु भइसकेको जानकारी पनि उनले दिए।
विपक्षी दलले उठाएका विषयमा सरकारलाई गम्भीर हुन सभामुखले निर्देशन दिँदै अर्को बैठकमा सरकारबाट जवाफ आउने प्रतिबद्धता व्यक्त गरेपछि एमालेका सांसद आआफ्ना आसनमा बसेपछि मात्र बैठक सञ्चालन भएको थियो ।
सांसद् रामहरि खतिवडाले प्रधानमन्त्रीले १५ दिनभित्र काठमाडौँका सडकका खाल्डा पुर्न निर्देशन दिए पनि काम नभएकामा आपत्ति जनाउँदै रौतहटमा चार बालिकाको मृत्यु हुनु अति पीडादायी घटना भएको बताए।
सांसद रामनारायण बिंडारीले सडकमा खनिएको ‘एम्बुसरुपी' खाडलले बालिकाहरुको ज्यान लिएकाले खाल्डा खन्ने तर नपुर्नेलाई कारबाहीको माग गरे। सांसद रामअयोध्या यादवले गरुडामा सामान्य असावधानीका कारण बालिकाहरुले जीवन गुमाएकामा दुःख व्यक्त गरे।
सांसद विकास लम्सालले सरकारले आगामी मंसिरमा संघ र प्रदेशको निर्वाचनका विषयमा प्रक्रिया सुरु नगरेको भन्दै गुनासो गरे। सांसद बैजनाथ चौधरीले काठमाडौँलाई जोड्ने महत्वपूर्ण राजमार्ग पटक पटक अवरुद्ध भएकाले त्यसको निर्माणलाई गति दिन सरकारको ध्यानाकर्षण गरे। रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget