Websoft University

www.radiomakalu.com || 021-522512


हिरोसीमा वियोगको ७२ बर्ष स्मरण



हिरोसीमा, साउन २२ गते । जापानको हिरोसीमामा सन् १९४५ को अगष्ट ६ मा एटमिक बमको आक्रमणबाट भएको नरसंहारको आइतबार सो नगरमा विशेष समारोहको आयोजना गरी स्मरण गरिएको छ ।

हिरोसीमा नगरमा जम्मा भएका दशौँ हजारको सङ्ख्याका नागरिकले सन् १९४५ मा आजकै दिन भएको सो आक्रमणको स्मरणगर्दै त्यस बम आक्रमणमा परी भएको नरसंहारमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

दोस्रो विश्व युद्धका समयमा अमेरिकाबाट भएको त्यस हमलामा परी कम्तीमा पनि एक लाख ४० हजार नागरिकको ज्यान गएको थियो ।

एटम बमको बिकीरणका कारण घटनास्थलमै ती नागरिकको ज्यान गएको थियो भने अरु कैयौँ घाइते भएर रहेका थिए । उनीहरुले निकै पछि सम्म पनि स्वास्थ्य र शारीरिक जटिलताको समस्या झेलेर बसेका थिए ।

आज सो हमलाको ७२ बर्ष पूरा भएको छ । हिरोसीमामा बम खसालिएको स्थानमा प्रत्येक बर्ष आजकै दिन दशौँ हजार नागरिक जम्मा हुन्छन् र शान्तिको कामना गर्ने गर्दछन्– हिरोसीमाबाट प्राप्त समाचारमा जनाइएको छ ।

बम खसालिएको सो स्थानमा शान्ति स्तुपा निर्माण गरिएको छ । उक्त स्तुपामा जम्मा भएका नागरिकले संसारमा फेरि यस्तो कहिल्यै नहोस भनेर कामना गर्ने गर्दछन् ।

त्यस घटनाका जिवीतहरु केही अहिले पनि रहेका छन् । उनीहरु पनि आजको उक्त बार्षिकी कार्यक्रममा उपस्थित भएका थिए । सो बार्षिकीमा आज कम्तीमा पनि ५० हजार जना जम्मा भएका थिए ।

आजका दिन हिरोसीमामा संसारका विभिन्न देशका प्रतिनिधि पनि सहभागी हुने गर्दछन् । आज पनि उनीहरु यहाँ पुगेका बताइएको छ ।

हिरोसीमाबाट प्राप्त समाचारमा जनाइएअनुसार आज यहाँ विश्वका ८० देशका नागरिक आएका थिए । उनीहरुले हिरोसीमामा विश्वयुद्धका समयमा भएको नरसंहारबाट अब संसारमा यस्तो हिंसा कहिल्यै नहोस भन्ने सन्देश आफ्नो देशमा लिएर जाने बताइएको छ ।

दोस्रो विश्वयुद्धका समयमा अमेरिकी सेनाले सन् १९४५ को अगष्ट ६ मा अर्थात् आजको दिनमा हिरोसीमामा र त्यसको तेस्रो दिन अगष्ट ९ मा नागासाकीमा हेलिकोप्टरबाट एटम बम खसालेर हमला गरेका थिए ।

यी दुवै स्थानमा गरी दुई लाखभन्दा बढी मानिसको ज्यान गएको थियो । अमेरिकाले यी दुवै सहरमा एटम बमबाट हमला गरेपछि जापानले अगष्ट १५ मा आत्मसमर्पण गरेको थियो ।

जापानको यो आत्मसमर्पणसँगै दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । त्यस यता संयुक्त राष्ट्रसंघ एवम् विश्वका विभिन्न देशमा कार्यरत शान्तिका कार्यकाकर्ताहरुले युद्ध नगर्न र संसारमा शान्ति स्थापना गर्न प्रेरित गर्ने गरेका छन् ।
हिरोसीमामा आयोजित विशेष वार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै हिरोसीमा नगरका मेयर काजुमी मात्सुइले हिरोसीमाको नरसंहार हेरेर पनि संसारका देशले युद्धको पक्षमा कुनै काम गर्न नहुने धारणा राख्नुभयो ।

उहाँले बमरहित विश्व निर्माणका लागि जापान सरकारले जे गर्न सक्छ संसारका लागि त्यो गरोस भनी आग्रह पनि गर्नुभयो ।

उहाँले त्यस समयमा जापानको हिरोसीमा शहरमा भएको मानवीय र भौतिक मात्र नभएर सांस्कृतिक र भावनात्मक क्षतिको पनि फेहरिस्त प्रस्तुत गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।

उहाँले उक्त बम हमलाबाट बाँचेका नागरिकलाई थप सहयोग गर्न र उनका परिवारहरुको मानसिक घाउ निकोपार्न केही न केही काम गरोस भनी आग्रह पनि गर्नुभयो ।

सो समारोहलाई सम्बोधन गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आणविक हतियाररहित विश्व निर्माणका लागि जापानले गरिरहेको प्रयत्न संसारमा कुनै न कुनै दिन सार्थक हुने बताउनुभयो ।

उहाँले विश्वमा बढ्दो मात्रामा देखिएका विविभन्न खाले हिंसाका ेअन्त्य गरी शान्ति स्थापनाका लागि संसारका मानिसलाई हिरोसीमा नरसंहारले सन्देश दिन सकोस भन्नुभयो । रासस÷एएफपी÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget