Websoft University

www.radiomakalu.com || 021-522512


कन्काई नहर उत्कृष्ट


Kankai
भद्रपुर, साउन १८ गते  । कन्काई नहर तराईकै उत्कृष्ट मानिएको छ ।
नहरमा बाहै्रमास पानी आउने, टुटफुट नभएको, अतिक्रमण समस्या नरहेको र नहरमा बालुवाको समस्या नभएकाले सोे नहर उत्कृष्ट मानिएको हो । तराईको भू–भागलाई अन्न उत्पादनको भण्डार बनाउन २०३४ सालमा तयार गरिएको उक्त नहर अहिलेसम्म चुस्त–दुरुस्त एवम् व्यवस्थित रहेको पाइएको छ ।

दक्षिण कोरिया सरकारले बनाएको सो नहरको अधिकांश भागमा पानी बग्ने सतह र दुवै किनारमा सिमेन्ट प्लास्टर गरी पक्की बनाइएको छ । मूल प्रणाली ३६ किमी र यसका २२ वटा शाखा ७४ किमी गरी कुल ११० किमीमा फैलिएको कन्काई नहरले बर्खे र हिउँदे बालीका लागि पूरै प्रणालीमा पानी दिन्छ भने चैते धानका लागि ० देखि १२ नं शाखामा एक वर्ष र १३ देखि २१ नं शाखामा अर्को वर्ष पालो मिलाएर पानी दिने गरेको छ ।

कृषकले पालैपालो सिँचाइको व्यवस्था मिलाउँदै आएका छन् । नहरमा आश्रित कृषकले मूलबाली धान, मकै, गहुँ, तोरी र तरकारी लगाउने गरेका छन् । उनीहरूले एक बालीका लागि सिँचाइ गरेबापत एक बिगाहामा रु २०० पानीपोत तिर्ने गर्छन । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच र गहुँको उत्पादकत्व प्रतिहेक्टर २.८ मेट्रिक टन रहेको कृषि विकास कार्यालय भद्रपुरका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले जानकारी दिनुभयो ।

गत आवमा पानीपोतबापत रु सात लाख संकलन भएको थियो । झापाको माईधार नदीबाट पानी खसालेको कन्काई नहर सिँचाइ प्रणालीमा ३७० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । झापाको मध्य भागमा रहेको कन्काई नहर सिँचाइ प्रणालीले शिरानमा सतासीधामदेखि धरमपुर, पाँचगाछी, वैगुन्धुरा, तोपगाछी, शिवगञ्ज र महाभारा गरी आठ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । नहरलाई बैगुन्धारा क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको छ । बजेट अभावमा नहर विस्तार गर्न नसकेको कन्काई नहर सिँचाइ प्रणालीका प्रमुख इञ्जिनियर वीरेन्द्र यादवले बताउनुभयो ।

“नहरको सुविधा पुगेको क्षेत्रमा शत्प्रतिशत खेतमा रोपाइँ गरिन्छ,” उहाँले भन्नुभयो । सिँचाइ सुविधा नपुगेको क्षेत्रमा कृषकलाई सुक्खा मौसममा खेती गर्न कठिनाइ हुने गरेको छ । करिब ११ हजार १३१ घरधुरी आश्रित रहेको सो प्रणालीबाट एक लाख १२ हजार ८९३ कृषक लाभान्वित छन् । सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका डिभिजन प्रमुख ईश्वरीप्रसाद तिवारीले ४२ प्रतिशत खेतमा सिँचाइ सुविधा पुगेको जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget