Websoft University

www.radiomakalu.com || 021-522512


काँग्रेस – माओवादी केन्द्र गठबन्धन विजयी

Congress-Maoist

जाजरकोट, साउन १८ गते  । जिल्ला समन्वय समिति जाजरकोटमा काँग्रेस माओवादी गठबन्धनले विजयी हासिल गरेको छ ।
संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह संयोजकमा नेपाली काँग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भएका हुन् ।

जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४ मतमध्ये रावलले आठ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोरे कार्कीले ६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदस्यहरुमा काँग्रेसबाट तेजविक्रम शाह, कल्दर सिंह, जनक बादी र जुनकिरी दमाईं तथा माओवादी केन्द्रबाट वीरबहादुर रावत, गरिमा शाही र सरस्वती वष्ट शाह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिनुभयो ।

जाजरकोटमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठवन्धन भएको थियो । दलीय सहमतिअनुसार दुई दलले गत आइतबार संयुक्त रुपमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए । सहमतिअनुसार संयोजकसहित चार पदमा माओवादी केन्द्रले र सहसंयोजकसहित पाँच पदमा काँग्रेसले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए ।

जिल्लाका सातवटा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १४ जनाले जिल्ला समन्वय समितिको नौ पदका लागि मतदान गरेका थिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget