Websoft University

www.radiomakalu.com || 021-522512


यू-१९ विश्वकप छनौटः नेपालको विजयी सुरुवात



यू- १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले घरेलु टोली सिंगापुरलाई चार विकेटले हराएको हो ।


७४ रनको झिनो लक्ष्य पछ्याएको नेपाललाई जितका लागि भने संघर्ष गर्नुपर्‍यो । १७ ओभर २ बल खेलेर ७७ रन बनाउँदा नेपालले ६ विकेट गुमाउन पुग्यो । आठौं नम्बरका ब्याट्सम्यान पवन सर्राफले चौका प्रहार गर्दै नेपाललाई जित दिलाएका हुन् ।

ओपनर सन्दिप सुनार र आसिफ शेख क्रमसः १ र ४ रनमै आउट भएपछि नेपालको इनिङ सुरुमै धर्मराउन पुग्यो । तेस्रो नम्बरमा आएका प्रनित थापामगरले बनाएको २३ रन नेपाली ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै रन हो । नेपालका लागि अनिल साहले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी र प्रकाश केसीले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन्, उनीहरुले क्रमसः २ र ६ रन बनाएका थिए ।

रोहित कुमार पौडेलले अविजित ११ रन बनाए । नेपालले ७ अतिरिक्त रन पाएको थियो ।

यसअघि सिंगापुर क्रिकेट क्लब, पादाङमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली सिंगापुरको सुरुवात राम्रो हुन सकेन । किशोर महतोले नेपाललाई पहिलो सफलता दिलाए, जतिबेला उसको स्कोर मात्र ४ रन थियो ।

नेपाल बलरहरुका सामू सिंगापुरका ब्याट्सम्यान निकै दबावमा रहे । दोस्रो विकेटका लागि सिन अग्रवालले युवराज सिंहसँग १३ रनको साझेदारी गरे । अग्रवाल ११ रनमा आउट भए । त्यसपछि नेपाल बलरहरु लगातार विकेट लिन सफल भए ।

तर, आठौं नम्बरमा ब्याटिङका लागि आएका ब्रिगु आयरले आक्रामक पारी खेले । उनले आठौं विकेटका लागि बीबी विक्रमसँग २४ रनको साझेदारी गरे भने दशौं विकेटका लागि अंशत भार्गवसँग १९ रनको साझेदारी गर्दै टिमको स्कोर ७३ रन बनाए ।

दशौं विकेटका रुपमा आउट भएका ब्रिगुले ३९ बलमा ६ चौका र एक छक्काको मदतमा ४२ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

नेपालका कप्तान सन्दिप लामिछाने एक्लैले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र २१ रन दिएका थिए । शाहब आलमले २ र महतोले २ विकेट लिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget