Websoft University

www.radiomakalu.com || 021-522512


बाढीले बस्ती बगाउँदा एकको मृत्यु , चार जना वेपत्ता, पक्की पुल बगायो

बाढीले बस्ती बगाउँदा एकको मृत्यु , चार जना वेपत्ता, पक्की पुल बगायो
तस्बिर : पुरुषोत्तम कडरिया /आरसी लामिछाने


रामेछाप,  साउन १  गते । रामेछापको लिखु र गोकुलगंगा गाउँपालिकाको सीमाना खर्पु खिम्ती बीचमा रहेको छत्तिवने खोलामा आएको भीषण बाढीले खोला किनारमा रहेको घर बगाउदा एक जनाको मृत्यु हुनुका साथै चार जना वेपत्ता भएका छन्, । शनिवार रातिको अविरल वर्षाका कारण आइतबार विहान करिव ३ बजेतिर आएको बाढी र यसै साथ आएको पहिरोले बगाउँदा लिखु गाउँपालिकाको वडा नं ६ मा रहेका चार वटा घर बगाएको छ ।
जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष र हाल घटनास्थलमा रहनु भएका त्यसै ठाउँका स्थानीय पुरुषोत्तम कडरियाले दिनुभएको जानकारी अनुसार हालसम्म ५५ वर्षीय लाल कुमारी खत्रीको शव फेला परेको छ भने चार जना वेपत्ता छन् ।
बेपत्ता हुनेमा ५५ वर्षीया सुमन कुमारी खत्री, ३५ वर्षीय बासु खत्री, अशोक तामाङ र मनिला तामाङ रहेका छन् । बाढीमा परी ८ जना घाइते रहेको कडरियाले जानकारी दिनुभयो । घाइते मध्ये सुन्तली खत्रीको अवस्था गम्भीर रहेको बताइएकाे छ ।
हालसम्म चार जना बेपता भएको पुष्टि भएपनि खिम्ती–फर्पु सडक निर्माणका लागि खोला किनारामा बसेका ११ जना मजदुर पनि वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । वेपत्ताको खोजी कार्य भइरहेको र अझैसम्म कतिजना वेपत्ता छन् भनी भन्न सक्ने अवस्था नरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलार्इ उद्धृत गर्दै अन्नपूर्ण पोस्टका संवाददाता राजन गाउँलेले बताउनुभयो ।

बाढीले स्थानीयका थुप्रै चौपाय र अन्नपात पनि बगाएको छ । हाल घटनास्थलमा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार कार्यमा लागेको पुरुषेत्तम कडरियाले बतानउनु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीले घाइतेको प्राथमिक उपचार समेत गरिरहेको उहाँले बताउनु भयो ।
बाढीले छत्तिवने खोलामा रहेको खिम्ती र खर्पु जोड्ने पक्की पुलसमेत बगाएको छ।बाढीका कारण खिम्ती, खानीखोला किनारका दर्जनौ घरहरु बाढी, पहिरोको उच्च जोखिममा परेका छन् । मन्थली–दोलखा खडक खण्डको खानीखोला कज्वे पनि भत्काएको छ । पुल र कज्वे भत्किदा दुवै सडकमा सवारी साधन आवत जावत बन्द भएको छ । - अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget