Websoft University

www.radiomakalu.com || 021-522512


विवाह वार्षिकीमा महको म

विवाह वार्षिकीमा महको म

काठमाडौं  ः हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म' पाठकमाझ आउने भएको छ । बुधबार ललितपुरको झम्सिखेलस्थित मोक्ष रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइएको हो ।
सो अवसरमा अभिनेता श्रेष्ठ र प्रकाशक फाइन प्रिन्टका कार्यकारी अधिकृत नीरज भारीले पुस्तक करारमा हस्ताक्षर पनि गरे । ‘म साधारण मानिस । बेन्जामिन फ्र्याङ्लिन, अब्राहम लिंकन, महात्मा गान्धी, बीपी कोइरालाको जस्तो मेरो कुनै ठूलो योगदान छैन', हस्ताक्षरपछि श्रेष्ठले भने, ‘मेरा आत्मकथा कसले पढ्ला भन्ने सोच्थेँ । तर साथीभाइको सल्लाह, प्रेरणा र दबाबले ६ वर्षअघिदेखि आत्मकथा लेख्न सुरु गरेँ ।'
पुस्तक तयार गर्न यतिका समय लाग्नुको कारण पनि श्रेष्ठले खुलाए । ‘ श्रीमतीलाई क्यान्सर भएपछि उनको उपचारका लागि बैंकक, भारत कताकता जानुपर्‍यो । त्यस्तो बेला लेख्ने मुड पनि हुँदैन । तैपनि कहिलेकाहीँ श्रीमतीले अलि आराम महसुस गरेको बेला लेख्थें', अभिनेता श्रेष्ठले भने, ‘फेरि आफैंलाई पार्किन्सन्स रोग लागेपछि लेख्दा हात काम्न थालेकाले लेख्न धेरै समय लाग्यो ।' महका अर्का सदस्य हरिवंश आचार्यले भनेँ, ‘सबै मानिसको आत्मकथा हुन्छ । कसैले लेख्छन्, धेरैले लेख्दैनन् । म खुसी छु, मदन दाइको आत्मकथा भनेको मेरो पनि आत्मकथा हो ।'
फाइन प्रिन्टका नीरज भारीले भने, ‘चार वर्षअघि हरिवंश दाइको चिना हराएको मान्छे प्रकाशन गर्ने मौका पायौं । आज उहाँकै कलाकारिताका सहयात्री मदनकृष्ण दाइको आत्मकथा पनि प्रकाशन गर्न पाउँदा खुसी लागको छ ।' भारीले मदन र उनकी पत्नी यशोदाको ४४औं विवाह वार्षिकी पारेर पुस्तक सार्वजनिक गरिने जानकारी दिए ।
अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget