Websoft University

www.radiomakalu.com || 021-522512


जेठमै वाणिज्य बैंकहरुको नाफा ३३ अर्ब ७८ करोड, असारमा कस्तो देखिएला ?



काठमाडौं, साउन १  गते  । गत आवको ११ महिना जेठसम्ममा वाणिज्य बैंकहरुको नाफा ३३ अर्ब ७८ करोड पुगेको राष्ट्र बैंककोतथ्यांकमा प्रस्तुत छ । एनसीसी र सिभिल बैंकको तथ्यांक भने यसमा समावेश छैन् ।
जेठसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । बैंकले ३ अर्ब ४५ करोड नाफा कमाएको हो । त्यसपछि, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंकको नाफा उच्च छ ।
कुमारी बैंक, जनता बैंकको नाफा सूचीमै सबैभन्दा कम रहेको छ । जेठ मसान्तसम्ममा बैंकहरुले ६२ अर्ब २९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेका छन् । व्याज खर्च ७० अर्ब ९६ करोड रुपैयाँ र व्याज आम्दानी १ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ ।
बैंकहरुले ७ अर्ब २८ करोड रुपैयाँ भने यसअघि नोक्सान व्यवस्थाको लागि राखेको रकम फिर्ता ल्याएका हुन् । यसअघि अपलेखन गरिएका ऋणबाट बैंकहरुले ८४ करोड रुपैयाँ उठाउन सकेका छन् । त्यस्तै ९ अर्ब १७ करोड रुपैयाँ नोक्सान व्यवस्थाको लागि छुट्याएका छन् । बैंकहरुको कुल कर्जा लगानीमा खराब कर्जा औसतमा १.६७ प्रतिशत रहेको छ ।
बैंकहरुको निक्षेप संकलन १९ खर्ब ७५ अर्ब र कर्जा लगानी १६ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले निजी क्षेत्र तर्फ १६ खर्ब ७ अर्ब रुपैयाँ, वित्तीय संस्थाहरु तर्फ ३९ अर्ब र सरकारी संस्थाहरु तर्फ ८ अर्ब ५ करोड कर्जा लगानी गरेका हुन् ।
बैंकहरले विदेशी मुद्राको विनिमयबाट ५ अर्ब ४५ करोड रुपैयाँ कमाएका छन् । २ अर्ब ४४ करोड गैर सञ्चालन आम्दानी गरेका छन् ।
बैंकहरुमा मुद्दती निक्षेपको रुपमा ८ खर्ब ३४ अर्ब रुपैयाँ, २ खर्ब ७२ अर्ब कल निक्षेप, ६ खर्ब ६८ अर्ब बचत निक्षेप र चल्ति बचत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ ।
बैंकहरुको गैर बैंकिङ सम्पत्ती ३ अर्ब २ करोड बराबर रहेको छ । वाणिज्य बैंकहरुको चुक्ता पुँजी १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । तोकिएको ८ अर्ब बराबरको चुक्ता पुँजी पुग्न अझै ५८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।-
यो अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले राख्नु पर्ने बैधानिक सञ्चिती बाहेक अन्य सञ्चिती ३२ अर्ब ३८ करोड रहेको छ ।- विजयराज खनाल, अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget