Websoft University

www.radiomakalu.com || 021-522512


अमेरिकामा छानिदै नेपाली सुन्दरी



काठमाडौं, जेठ २७ गते। अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली युवतीमा भएको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यसहित अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ आयोजना हुने भएको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको चहल पहल प्रोडक्सन र एफ वन ग्रुपको संयुक्त प्रयासमा दोस्रो संस्करणको ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ हुन लागेको हो ।
यसअघि सोही संस्थाले सन् २०१५मा पहिलो संस्करणको कार्यक्रम आयोजना गरिसकेको थियो । सन्तोष न्यौपाने, सागर श्रेष्ठ र जोशी बाबुको संयुक्त प्रयासमा दोस्रो संस्करणकोे प्रतियोगिता आयोजना हुन लागेको होे ।
जुन १७ अर्थात असार ३ मा अमेरिकाको सन फ्रान्सिस्कोस्थित हिल्टन होटलमा आयोजना हुने कार्यक्रममा १० जना युवतीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । अनलाइन आवेदन तथा अडिसन मार्फत आवेदन परेका करिब दुई दर्जन युवतीबाट अन्तिम १० को नाम तय गरिएको आयोजकले जनाएको छ । यसरी अन्तिम १० मा परेकी प्रतियोगीलाई पूर्व मिस नेपाल इशानी श्रेष्ठ तथा भारतकी मिस इन्टरनेसनल इशा अग्रवालले कोरियोग्राफ गर्ने आयोजकले जनाएका छ ।
आयोजक संस्थाका सन्तोष न्यौपानेका अनुसार कार्यक्रममा अभिनेत्री नन्दिता केसीले कार्यक्रममा नृत्य प्रस्तुत गर्दैछिन् भने नेपालका चर्चित स्ट्यान्डअप कमेडियन सन्दिप क्षेत्रीले कार्यक्रम होस्ट गर्दैछन् । अन्तिम प्रतिस्पर्धाका लागि सदिक्षा पोखरेल, अनुशा महर्जन, अन्जली खड्का, रोज लामा, अनिता चौंलागाइँ, रचना पोखरेल, डिप्ली फाजु, गायत्री बराल, परिशा रानाभाट र ओसिन रायमाझी छनोट भएका छन् । उनीहरुलाई कलाकार सुनिल थापा, गायिका नलिना चित्रकार, आरजे सुमित सिग्देल, राजन गिरी र नबिना बस्नेतले छनोट गरेका हुन् ।
सन् २०१३ की मिस नेपाल इशानी श्रेष्ठले पनि प्रतियोगिता सहभागिता हुन र प्रतियोगीसँग आफ्नो अनुभव साट्न आतुर रहेको बताएकी छिन् । प्रतियोगीको ड्रेस डिजाइनको काम भने शुभेच्छा भडेलले गरिरहेकी छिन् । अमेरिकामा रहेका युवतीको प्रतिभा फ्रष्फुटनसँगै समाजसेवाको उद्देश्य राखेर कार्यक्रम आयोजना गरिन लागेकोे आयोजकले जनाएको छ । यसका लागि आयोजकले कार्यक्रममा लागेको खर्च कटाएर बाँकी रहेको रकम नेपालको कुनै क्षेत्रमा खर्चन बताएको छ । आयोजकहरुले अघिल्लो संस्करणमा कार्यक्रमको खर्च कटाएर उठेको २३ लाख रुपैंया गोरखाको एक विद्यालय निर्माणका लागि दिएको बताए । यो साल पनि कार्यक्रमको खर्च उठाएर बचेको पैसा त्यसरी नै कुनै न कुनै सामाजिक काममा खर्चने बताएका छन् ।- रातोपाटी बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget