Websoft University

www.radiomakalu.com || 021-522512


मन्त्री छान्न बालुवाटारमा माओवादीको बैठक, राप्रपा अझै अनिर्णित

सरकारको नेतृत्व कमल थापाले गर्नुहुन्छः गिरी



काठमाडौं, जेठ २४ गते । देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको छनोट गर्न बालुवाटारमा माओवादी हेडक्वार्टरको बैठक बोलाइएको छ । बुधबार बिहानै सुरु भएको बैठकले प्रारम्भमा दुईजना मन्त्रीको नाम सिफारिस गर्नेछ ।


प्रधानमन्त्री शेरबहादुर देउवाले आजै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्नेछन् र पहिलो चरणमा आजै केही मन्त्रीहरुले समेत सपथ खानेछन् । यसक्रमा माओवादीले पहिलो चरणमा गृहमन्त्री र उपप्रधानमन्त्री पठाउने गृहकार्य गरेको छ ।

देउवा सरकारमा माओवादीले ८ वटा मन्त्रालय सम्हाल्ने छ । आज दुई मन्त्रीहरु छनोट गरेपछि बाँकी छ मन्त्री दोस्रो चरणमा छानिने छन् ।

राप्रपा अझै अनिर्णित

यसैवीच कांग्रेसले राप्रपालाई पनि एक मन्त्रीको नाम दिन आग्रह गरेको छ । तर, राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडान छाडेका छैनन् ।

देउवाले राप्रपालाई ४ वटा मन्त्रालय दिने वचन दिएका छन् । पशुपति समशेर राणा र दीपक बोहोरा लगायतका नेताहरु उपप्रधानमन्त्री नपाए पनि सरकारमा जाने पक्षमा छन् भने कमल थापा उपप्रधानमन्त्री पाउनुपर्ने र आफैंले सरकारको नेतृत्व गर्नुपर्ने अडानमा भएका कारण राप्रपाले मन्त्रीको नाम छान्न सकेको छैन ।

राप्रपाले मन्त्रालयबारे छलफल गर्नका लागि दिलनाथ गिरी, जयन्त चन्द र कुन्ती शाही रहेको कार्यदल बनाएको छ । सो कार्यदललाई अहिलेसम्म प्रधानमन्त्री देउवाबाट केही पनि खबर नआएको नेता दिलनाथ गिरीले अनलाइनखबरलाई बताए ।

गिरीले भने-‘हामीले उपप्रधानमन्त्रीसहित राप्रपालाई सम्मानजनक स्थान दिइनुपर्छ भनेका छौं, तर उताबाट खबर गर्छौं भनिए पनि अहिलेसम्म खबर आएको छैन ।’
राप्रपाका तर्फबाट सरकारको नेतृत्व अध्यक्ष कमल थापाले नै गर्ने गिरीले बताए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget