Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति भण्डारी आज जेनेभा जानुहुँदै

Bidya-Devi-Bhandari

काठमाडौँ, जेठ ३० गते ।  राष्ट्रपति विद्यादेवी भण्डारी जेनेभामा आयोजना हुने १०६औँ ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’मा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
राष्ट्रपति भण्डारीले  विश्व शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नुहुने कार्यक्रम छ ।  परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार उहाँले विश्व शिखर बैठकमा नेपाली महिलाको राजनीति र रोजगारीको क्षेत्रमा सहभागिता तथा प्रतिनिधित्वका विषयमा प्रकाश पार्नुहुनेछ ।
यस वर्ष अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथै माल्टा तथा मरिससका राष्ट्रप्रमुखलाई समेत शिखर बैठकमा आमन्त्रित गरेको छ ।  अन्तर्राष्ट्रिय श्रम सङ्गठनले नेपालको राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न आमन्त्रण गरेको यो पहिलोपटक हो ।  नेपाल सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सदस्य बनेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार असार १ गते अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले राष्ट्रपति भण्डारीसँग भेट्नुका साथै उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुहुने कार्यक्रम तय भएको छ ।  साथै त्यही दिन राष्ट्रपति भण्डारीको सम्मानमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि दीपक धिताल तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनले जेनेभामा स्वागत गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा. विमला पौड्याल राईका साथै परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कनुहुनेछ ।
यसैवीच राससका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सोमवार साँझ शीतल निवासमा भेटवार्ता भएको छ ।  राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठनको १०६औँ श्रम सम्मेलनमा सहभागी हुन मङ्गलबार त्यसतर्फ जाँदै हुनुहुन्छ ।-

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget