Websoft University

www.radiomakalu.com || 021-522512


प्रदेश २ का जिल्लामा उम्मेदवार छान्दै काँग्रेस

nc

ललितपुर, जेठ ३० गते ।  असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको  निर्वाचनको मनोनयन नजिक आइसक्दा पनि नेपाली काँग्रेसले अझै सबै उम्मेदवार टुङ्ग्याउन सकेको छैन ।  पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठकले पनि सबै प्रदेशको उम्मेदवार टुङ्गाउन सकेन ।  दोस्रो चरणको निर्वाचनका लागि असार २ गते मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
पार्टीले प्रदेश नं. १ का अन्य जिल्लामा उम्मेदवारी टुङ्गो लगाए पनि मोरङ र सोलुखुम्बुको उम्मेदवारी टुङ्गो लगाउन बाँकी छ ।  दुई जिल्लामा विवाद रहेकाले टुङ्गो लगाउन सोमबार अबेरसम्म गृहकार्य भए पनि मङ्गलबारमात्र टुङ्गो लाग्ने पार्टी केन्द्रीय सचिवालयले जानकारी दिएको छ ।
यसैगरी प्रदेश नम्बर २ को उम्मेदवार टुङ्ग्याउन सबैभन्दा बढी समस्या परेको छ ।  प्रदेश नम्बर २ का सबै जिल्लाबाट अझै उम्मेदवारको नाम सिफारिस भएर केन्द्रसमक्ष आइसकेको छैन ।  सोमबारसम्ममा पर्सा जिल्लाका उम्मेदवारको नाम पार्टीको केन्द्रीय कार्यसम्पादन समितिसम्म आइपुगेको बताइएको छ ।
रौतहट र सिराहा जिल्लाको जिल्ला नेतृत्व सम्भावित उम्मेदवार छनोटका लागि काठमाडौँमा नै बैठकमा व्यस्त रहेका जानकारी केन्द्रसम्म आएको छ ।  महोत्तरी र धनुषाबाट पनि नामावली प्राप्त नभइसकेको पार्टी सचिवालयले जनाएको छ ।  तराईका जिल्लाबाट मङ्गलबारसम्म नामावली दिइसक्न पार्टी केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।
नेपाली काँग्रेस पार्टी सचिवालयका अनुसार प्रदेश नम्बर ५ को बर्दियाबाहेक अन्य सबै स्थानको उम्मेदवार टुङ्गो  लागेकोे छ ।  त्यस्तै प्रदेश नम्बर ७ को पनि अछामबाहेक अन्य सबै स्थानको उम्मेदवार टुङ्गो लागेको सचिवालयले जानकारी दिएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget